माधवले राखेको यो प्रस्ताव ओलीले ठाडै गरिदिए अस्विकार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दुई नेता अध्यक्ष केपी शर्मा ओलीले राखेको स्थायी कमिटीको बैठकमा पुगेर बाहिरिएका छन्।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको बैठकस्थलमा पुगेर माधव पक्षीय नेताहरु बाहिरिएका हुन्।

एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्षका भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल र भीम आचार्यसहितका नेता पुगेका थिए। बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेता नेपालले आफूहरु बैठक रोक्ने माग गर्न आएको जवाफ दिएका छन्।

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठकमा सहभागी हुन माधव पक्षका नेतालाई पनि बोलाएका थिए ।

माधव नेपालले बैठक स्थगित गरेर सहमति गर्न सन्देश पठाएका थिए । तर ओलीले उनको सन्देश ठाडै अस्वीकार गरेर बैठक चलाएका छन् ।

कार्यदलमा नेपाल पक्षका संयोजक समेत रहेका उपाध्यक्ष भीम रावलका अनुसार अध्यक्ष ओलीले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्र बोल्न पाउने बताएका थिए ।

तर आफूले कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि अध्यक्ष ओलीले समय दिएका थिए ।

नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक स्थगित गर्न माग राखेको भएपनि ओलीले नमानेपछि उनीहरु फर्किएका छन् । कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै उनीहरूले बैठक रोक्न माग राखेका थिए।

‘एमालेको एकतालाई खण्डित गर्ने खेल नगर्नुस् । राष्ट्रिय एकता, आम जनता र एमालेका कार्यकर्ताका हितका लागि एमालेको एकता अपरिहार्य छ ।

यसलाई कायम गरियोस् । कार्यदलमा जे सहमति गरेका छौं, त्यो भन्दा अन्यथा नगरियोस्,’ उनले अघि भने ।

एमालेको एकताका लागि अध्यक्ष ओली र अरु नेताहरुले गम्भीर रुपमा सोच्नुपर्ने भन्दै उनले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

बैठकबाट बाहिरिएपछि भीम रावलले भनें आफुहरुले कार्यदलले गरेको सहमतिमा हस्ताइार गरेपछि बैठक संचालन गर्न आग्रह गर्र्यौ,‘यो बैठक जारी रहन्छ भनेपछि हामी बाहिरियौं।’ बैठक सार्न अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि उनीहरू फर्किएका हुन्।

नेपाल पक्षका नेताहरु बैठकमा उपस्थितिको हस्ताक्षर गर्न भनिए पनि त्यसै फर्किएका छन् । उनीहरुले हस्ताक्षर नगरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button