माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यका लागि छलफल गर्ने भएको छ।

मंगलबार पेरिसडाँडामा बसेको नयाँ प्रमुख प्रतिपक्ष दलहरु कांग्रेस र जसपासँग वार्ताको प्रक्रिया गर्ने निर्णय गरेको नेता नारयणकाजी श्रेष्ठले जानकारी दिए। यद्यपि, एमालेसँग पनि छलफल गर्ने उनको भनाई छ।

बैठकले संगठनात्मक संरचनालाई बलियो बनाउन फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते काठमाडौंमा कार्यकर्ता भेला बोलाउने निर्णय गरेको छ।

बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका माओवादी नेताहरु अनुपस्थित रहेका थिए। माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा ओली नेतृत्वको सरकारमा छन्।

सर्वोच्च अदालतले ब्यूँताइदिएपछि पहिलोपटक मंगलबार माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको हो।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button