महेश बस्नेतको प्रधानमन्त्रीलाई सुझाव- ‘एक गोल पोलमा लागेर फर्केको छ, नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा’

प्रधानमन्त्री केपी ओली पक्षका नेता महेश बस्नेतले के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको बताउनु भएको छ ।

बस्नेतले मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लैजान प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।

‘एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईं (प्रधानमन्त्री) कै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्नुहोस’, बस्नेतले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउन पनि बस्नेतले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।

‘पद,पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउनु होस।राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउनुहोस।हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाइ रहनेछ।’

सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दै ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद् विघटन गरी निर्वाचनमा गएको प्रक्रिया विघटन गरेको फैसलाले राजनीति एक दशकसम्म अस्थिरता र विकृतितर्फ फसेको उहाँले बताउनुभयो ।

उनले लेखेका छन्- ‘सर्बोच्च अदालतको अनपेक्षित फैसलाको स्विकार गरिन्छ । ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरि निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलालले राजनीति १ दशक सम्म अस्थिरता र बिकृती तर्फ फसेको थियो। जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ।

सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। एक गोल पोलमा लागेर फर्केको छ।

नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्नुहोस।

बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउनुस । पद,पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउनु होस।राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउनुहोस।हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाइ रहनेछ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
2

सम्बन्धित समाचार

Back to top button