महिला मन्त्रालयको गाडीमा पक्राउ परेका पुरुष र युवतीले दिए यस्तो छक्क पार्ने वयान

काठमाडौं । महिला मन्त्रालयको गाडीमा पुरुषसंग फेला परेकी महिलाले प्रहरीलाई दिएको वयान छक्क पार्ने खालको छ । उनले सहमतिमै सम्पर्क गरेको वयान प्रहरी समक्ष दिएकी छन् ।

उनि सहित तिन जनालाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले बिहीवार बेलुका रंगेहात पक्राउ गरेको थियो ।

सरकारी काममा प्रयोग गर्नु पर्ने सवारी साधन युवा युवतीले नीजि काममा रमाइलोका लागि प्रयोग गरेको पाइएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र अ नै तिक का र्य गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।

बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्या म्पे डाँडाको जङ्गलमा रोकिराखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घ्या म्पे डाँडातर्फ गस्ती गएको प्रहरीले फर्किने क्रममा गाडीभित्र कपडा बि हि न देखेपछि उनीहरुलाई पक्राउ गरेको जगाती बृत्तले जनाएको छ। दुई जनाभित्र त्य स्तो का र्य गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन् ।

महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खत्री र कार्की नातेदार रहेको बताइएको छ। महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालका अनुसार मन्त्रीको स्वकीय सचिवालयका एक सदस्यलाई घर पुर्याएर फर्किने क्रममा ती महिलासँग भेट भएको र सहमतिमै जंगलतिर गएको बयान पक्राउ परेका दुई पुरुषले पनि दिएका छन् ।

ती दुईमध्ये एकजना मन्त्रालयका सवारी चालक हुन् भने अर्का एकजना कर्मचारी नभएको बताइएको छ ।

अन्तरजातिय विवाह गरेका कारण जंगलमा लुकेर बसेका यि जोडी २१ दिन पछि घर फर्किए, परिवारको के छ प्रतिकृया ?

अन्तरजातिय विवाह परिवारले स्वीकार नगरेका कारण जंगलमा लुकेर बस्नुपरेको भन्दै एक जोडीले भिडियो सार्वजनिक गरेपछि प्रहरीले चासो लिएको छ । उनीहरुलाई २१ दिन पछि घर फर्काइएको छ परिवारका सदस्यले रुकुम घटना दोहोरिनसक्छ भन्दै चेतावनी दिएपछि आफुहरु जंगलमा बस्नुपरेको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।

जोडीले भिडियो सार्वजनिक गर्दै सुरक्षा मागे पछि प्रहरीले उनीहरुलाई बोलाएको हो । अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल २१ दिनपछि बिहीबार बेलुका घर फर्किएका हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले छलफलका लागि बोलाएको हो। दुवै तर्फका परिवारका सदस्यलाई पनि प्रहरीले छलफलका लागि बोलाएको जनाएको छ ।

विवाह गरेका जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले त्यसमा चासो देखाएको हो। शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएको बताए। उनीहरु कार्यालयमा पुगेपछि थप कुरा हुने साउदले बताए।

बनेपा बजारमै गाडी डुबेपछी…

काभ्रेको बनेपा बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् । पुण्यमाता खोलाको बाढीले हरेक वर्ष सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ ।

गए रातिदेखि परेको वर्षाका कारण सडकमा पानी जम्मा भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा पानी जम्मा भएकोले निकास दिने काम सुरू गरिएको छ।

जेसिबी प्रयोग गरेर सडकमा जम्मा भएको पानी निकास दिइने प्रहरीको भनाइ छ। खोलामा आएको भेल बजारमा पसेपछि आज बिहानदेखि सडक अवरूद्ध छ। प्रहरीले साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

बर्खा लागेसँगै वर्षेनी बनेपाको पुल बजार क्षेत्रमा पानी जम्मा भएर सडक अवरूद्ध हुने गरेको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button