मन्त्रीमण्डल विस्तार गर्न लागेका प्रधानमन्त्री देउवालाई नेपालले दिए यस्तो सुझाव

काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन् ।

अन्य पार्टीका नेताहरुसंग कुरा मिल्यो भने विहिवारै मन्त्रीमण्डलको काम सकिने बताइएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई काबिल सहयोगी छान्न सुझाव दिएका छन् ।

राम्रो र इमान्दार सहयोगी नभए प्रधानमन्त्रीले मात्र केही गर्न नसक्ने भएकाले त्यस्ता ब्यक्तिलाई मन्त्री बनाउन उनले सुझाव दिएका हुन् । नेता नेपालको समुह भने तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

एमाले भित्रको विवाद समाधानका लागि वार्ता भइरहेकाले तत्काल सरकारमा सहभागी नहुने जवाफ नेपाल पक्षले देउवालाई दिएको छ ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा देउवासंगै सहभागी भएका नेता नेपालले राम्रा र इमान्दार ब्यक्तिलाई मन्त्री बनाउन सुझाव दिए ।

आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा उल्लेखनिय काम गर्न सकेको स्मरण गर्दै उनले राप्रपाका नेता दीपक बोहराको प्रशंसा पनि गरे ।

आफु प्रधानमन्त्री हुँदा बोहरा जस्तो ब्यक्तिलाई मन्त्री बनाएकाले प्रकृति संरक्षणमा राम्रा काम भएको उनको तर्क थियो । नेपाल २००९ मेदेखि २०११ फेब्रुअरीसम्म प्रधानमन्त्री बनेका थिए ।

टोपबहादुर रायमाझीले पनि छोडे एमाले, भने ‘म माओवादीमै छु, एमालेमा छैन’

माओवादी केन्द्रबाट कारवाहीमा परेका नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमै रहेको दाबीसहित प्रतिनिधि सभा सदस्य पुनर्वहालीका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

बुधवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा रायमाझीले आफूले अर्को दल गठन नगरेको तथा एमालेको केन्द्रीय कमिटीको सूचीमा नरहेको दाबी गरेका हुन् ।‘

निर्वाचन आयोगको रेकर्डअनुसार म निवेदक माओवादी केन्द्रमा रहेको पुष्टि हुन्छ, म निवेदकले अर्को दल गठन गरेको पनि छैन ।

२०७८ असार २३ गते आयोगको रेकर्डअनुसार म माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति सदस्य छु । ‘…नेकपा एमालेको केन्द्रीय कमिटीको लिस्टमा पनि छैन । …दल परिवर्तन गरेकै छैन । झुटो आरोप लगाई गरेको कारवाही बदर गरि पाउँ,’ रायमाझीले रिटमा भनेका छन् ।

२०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएका रायमाझी लगायत चार जना सांसदलाई माओवादीले कारवाही गरेको थियो ।

नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।

सांसद पदबाट कारवाही गर्ने माओवादीको निर्णयविरुद्ध रायमाझीसहित लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमाथि सुनुवाइका लागि बिहीवार पेशी तोकिएको छ ।

त्यसैगरी रायमाझीको दाबीमा माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै उक्त कारबाही अवैध भएकाले सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।

स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टी नेकपा टुक्राउने अदालतको निर्णयपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको नेकपामा गएको घोषणा गरेका थिए ।

ती नेताहरूले माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अभिव्यक्तिसमेत दिएका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button