मध्यरातमा आफ्ना नजिककाहरुलाई सुटुक्क बोलाएर खोप लगाउन थालेपछि लखेटिए मेयर पराजुली

काठमाडौ । महामारी बढ्दो क्रममा छ तर खोपको मात्रा निकै कम हुँदा खोप केन्द्रहरुमा विवाद हुने गरेको छ ।

यि सामान्य कुरा लाग्न थालिसक्यो । तर जनप्रतिनिधिले आफ्ना नजिककाहरुलाई सुटुक्क बोलाएर मध्यरातमा खोप लगाउन थालेको थाहा पाएपछि स्थानियले विरोध गरेका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली मध्यरातमा लखेटिएका छन् ।

उनले राती करिब साढे ९ वजे एक स्थानियको घरमा आफ्ना नजिककाहरुलाई सुटुक्क बोलाएर खोप लगाउन लागेको थाहापाएपछि स्थानियले विरोधगरेका छन् ।

हो हल्ला भएपछि उनी र उनको स्वास्थ्य समुह गाडी चढेर भागेको छ । केही स्थानियले विरोध गर्दै ढुँगा समेत हा ने का थिए । तर ठूलो समस्या भने भएन । .

पराजुलीले विराटनगर वडा नम्बर ५ का कांग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा भेरोसिल खोप वितरण गरिरहेको थाहा पाए पछि स्थानिय युवा विरोध गर्न पुगेका थिए । खोप लगाउन भन्दै उनको घरमा करिब ६० जना जम्मा भएका थिए ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने र उपाध्यक्ष प्रवीण जोशी समेत खोप लगाउने टोलीमा पुगेका थिए ।

प्रवीण निरौलाले उक्त दृश्य आफ्नो फेसबुक पेजमा लाइभ गरे पछि घटना खुलेको हो ।

ललितानिवास जग्गा प्रकरण : २० अर्ब भन्दा बढी बिगो, सबै आरोपी ५ देखि १० लाख धरौटीमा छुटे

ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ।

२० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी जग्गा अपचलनका आरोपी सबै ५ देखि १० लाख रुपैयाँ धरौटी राखेर छुटेका छन्।

पछिल्लो पटक पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि विशेष अदालतमा उपस्थित भएर १० लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

उनले अख्तियारमाथि नै क्षेत्राधिकार मिचेको आरोपसमेत लगाएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा मन्त्रिपरिषद्को निर्णय नपर्ने कानुनी व्यवस्था मिचिएको तर्कसहित गच्छदारले आफूमाथि झुटो आरोप लगाएको दाबी गरेका थिए।

सरकारी जग्गा व्यक्तिका नाममा बनाई राज्यलाई हानिनोक्सानी पु¥याएको दाबीसहित अख्तियारले १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। तीमध्ये अदालतमा बयान दिन पुगेका सबै धरौटीमा रिहा भएका छन्।

अख्तियारले २०७६ माघ २२ मा मुद्दा दर्ता गरेको थियो।

स्रोतले अख्तियारको मुद्दा नै गलत भएकाले ओरोपितहरू धरौटीमा छुटेको दाबी ग¥यो। ‘ललितानिवास प्रकरणमा कुनै एक व्यक्तिलाई तर्साउन मुद्दा दर्ता गरिएको थियो।

यसमा अख्तियारले राम्रोसँग अनुसन्धान पनि नगरी मुद्दा चलायो। कुनै व्यक्तिलाई लक्षित गरेर मिसिल तयार गर्दा सबै आरोपितको आरोप प्रमाणित हुने अवस्था आएन’, अख्तियारकै एक अधिकारीले भने।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button