मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनताले बिर्सेका छैनन् : देवी ज्ञवाली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रचण्डले मतपत्र च्यातेर छोरी जिताएको जितवनका जनताले नबिर्सेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडीको आयोजनामा माडीमा भएको अगुवा कार्यकर्ता भेलामा प्रचण्डको राजनीतिक पृष्ठभूमिबारे बोलेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य ज्ञवालीले पद र स्वार्थका लागि प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर गएको बताउँदै उनले मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनता नबिर्सिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री ओलीले जनमुखी काम गरेर लोकप्रिय हुँदै गएपछि आफूहरु पछाडि पर्ने डरले अतालिएका माधव–प्रचण्ड पार्टी भित्रको राजनीतिक सहमति तोडेर भागेको ज्ञवालीले बताए ।देश समृद्धि र विकासको क्रममा अगाडि बढेको बताउँदै उनले माडीमा नेपाल सरकारद्वारा थुप्रै विकासका कामहरु भइरहेको बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको राष्ट्रभक्ति र देश विकासको अभियानलाई माडीबासीले साथ दिने समेत विश्वास व्यक्त गरे ।

नेकपा माडी नगर कमिटीका सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली प्रमुख अतिथि रहेका थिए ।

उनले आयोगले भूमिहिन र सुकुमबासीको समस्या समाधानका लागि तीव्रताका साथ काम अगाडि बढाएको बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button