भोलिदेखि नारायणगढ-मुग्लिङ सडक दिउँसो साढे ४ घण्टा बन्द हुँदै

नारायणगढ-मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ ।

मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ ।

यो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

सो अवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button