भेलामा व्यस्त छौँ, संसदीय दलको बैठकमा सहभागी हुन सक्दैनौँ : योगेश भट्टराई

एमाले नेपाल समूहले राष्ट्रिय भेलामा व्यस्त भएकाले बिहीबारका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने बताएको छ।

राजधानीमा बुधबारबाट सुरु भएको पहिलो दिनको भेला सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन्। 

‘हामीलाई संसदीय दलको बैठकमा उपस्थित हुनका लागि आपत्ति छैन। आज हामीले संसदीय दलका नेता प्रधानमन्त्रीज्यूलाई कार्यव्यस्थताले हामी भोलिका लागि बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएका छौँ।

तपाईंहरुमार्फत् पनि सार्वजनिक ढंगले यो जानकारी गराउन चाहन्छौँ। त्यसपछि हुने उपयुक्त बैठकमा हामी उपस्थित हुन्छौँ।’ 

भट्टराईले संसदीय दलको बैठक हुने जानकारी आएको भए पनि त्यहाँ जाने अवस्था नरहेको बताएका हुन्। नेपाल पक्षको राष्ट्रिय भेला एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा सुरु भएको हो।  बैठकमा भेलामा वरिष्ठ नेता  माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन्। 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button