भीम रावलको राजीनामा फिर्ता गराउन यस्तो तयारी

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्।

उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन्।

सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौंमा छन्। मंगलबार साँझ उनीहरूले नेता रावललाई भेटेका छन्।

बुधबार बिहान नेता नेपालसँग भेट्ने तयारी छ। मन्त्री प्रकाशबहादुर शाह, दीर्घराज सोडारीसहितका नेताहरू काठमाडौं आएका हुन्।

रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालको निर्णयमा असहमति जनाउँदै आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

नेपाल पक्ष पनि ६ मन्त्रालय सहित सरकारमा

शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् ।

चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य नेताहरूबीच सामान्य छलफल भएको भए पनि ठोस कुरा नभइसकेको बताउँछन् ।

‘प्रधानमन्त्रीले भर्खरै विश्वासको मत लिनुभयो, दाहाल र प्रधानमन्त्रीज्यूबीच मंगलबार मात्रै पनि वान टु वान वार्ता भएको छ तर मन्त्रिमण्डल विस्तारबारे अहिले नै ठोस कुरा भइसकेको छैन,’ कांग्रेस महामन्त्री खड्काले भने ।

हाल कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा दुई÷दुई जना मन्त्री छन् । प्रधानमन्त्रीसहित अहिले क्याबिनेट पाँच सदस्यीय छ ।

संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ । सत्तारूढ दलबीच आन्तरिक रूपमा भित्रभित्रै मन्त्रिमण्डल विस्तारबारे तयारी पनि भइरहेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने पक्का छ ।

प्रधानमन्त्रीले बिहीबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने संकेत निकटकाहरूलाई दिएका छन् ।

यसैगरी, नेकपा एमालेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउन सत्तारूढ दलहरूले प्रयत्न गर्दै आइरहेका छन् । सो प्रयासमा प्रधानमन्त्री देउवा आफैं लागेका छन् भने माओवादी अध्यक्ष दाहाल पनि लागिपरेका छन् ।

एमालेको माधव समूह सरकारमा ल्याउनेगरी सत्तारूढ दलबीच भागबन्डाको तयारी भइरहेको कांग्रेस नेताहरू बताउँछन् ।

यस्तै, जसपाको निर्वाचन आयोगमा रहेको आधिकारिकताको विवादका कारण पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताउँदै आइएको छ । यो समाचारराजधानी दैनिकमा छ ।

यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ ।

यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

बोर्डको बैठकले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर कोभिड–१९ बाट सुरक्षित हुँदै आफू अध्ययन गरेको विद्यालयमा भौतिकरुपमा परीक्षा दिने गरी विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) निर्धारण गरेको छ ।

कक्षा १२ मा परीक्षाको तयारीमा रहेका करिब तीन लाख ८६ हजार विद्यार्थीका लागि बोर्डले देशभरमा चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित परीक्षा सञ्चालनलाई अनुमति दिएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बोर्डले गत जेठमा सञ्चालनको तयारी गरेको परीक्षा कोभिड–१९ को सङ्क्रमण उच्च भएपछि सरकारले गरेको निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो ।

यसअघि गत वर्ष बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो भने यस वर्ष शतप्रतिशत नै परीक्षा लिने भएको छ । परीक्षा गाईजात्रा र जनैपूर्णिमाको बिदाबाहेक शनिबार पनि सञ्चालन हुने भएको छ ।

खुमलटारमै पुगेर देउवाले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाका बारेमा लिए जानकारी

 प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनले सीताको अवस्था बुझ्न मंगलवार खुमलटार पुगेका हुन् ।

लामो समयदेखि अस्वस्थ रहेकी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न देउवा खुमलटार पुगेका थिए ।

प्रधानमन्त्रीज्यू म्याडम (प्रचण्डपत्नी सीता दाहाल)को स्वास्थ्य अवस्था बुझ्न र उहाँलाई भेट्न आउनुभएको हो,प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिँदै भने ।

सीता दाहाल लामो समयदेखि बिरामी छन् । केही समयअघि भारत लगेर उपचार गरिए पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन । केही दिन अघि प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेत्र विक्रम चन्द विप्लवले पनि सीतालाई भेटेका थिए ।

द्ध न्द्ध कालमा प्रचण्डसंगै रहेका विप्लवलाई सीताले निकै माया गर्थिन ।

विप्लवलाई देखेर सीताले आँशु झारेकी थिइन् । सीताको आँखामा आँशु देखेर विप्लव पनि भावुक भएका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button