भिम रावलले सांसदवाट दिएको राजिनामा फिर्ता लिए, माधव नेपालले के भनेर मनाए ?

काठमाडौ । नेकपा एमाले भित्रको विवादलाई कारण देखाउँदै सांसद पदवाट राजिनामा दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजिनामा फिर्ता लिएका छन् ।

उनले साउन ३ गते प्रतिनिधि सभा सदस्यबाट राजिनामा दिएका थिए ।

राजिनामा दिएको एक साता नबित्दै उनले दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्।

वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसद रावलले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने विषयमा मतभेद भएपछि राजिनामाको घोषणा गरेका थिए । उनले संसद सचिवालयमा पुगेर राजिनामा पनि बुझाएका थिए ।

उनले राजिनामा दिएको भएपनि सभामुख अग्निसापकोटाले सनाखत गर्न पाएका थिएनन् ।

जसका कारण उनको राजिनामा स्वीकृत भएको मानिएको थिएन । सभामुखले सनाखत गरेपछि सो पद रिक्त रहेको सूचना सार्वजनिक गरिन्छ ।

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका थिए।

अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल र उनको निर्वाचन क्षेत्रका सांसदहरुले राजिनामा फिर्ता लिन आग्रह गरेका थिए । विहिवार नेपाल उनकै निवासमा पुगेर राजिनामा फिर्ता लिन आग्रह गरेका हुन् ।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए। नेपालले कार्यदललाई मान्यता दिने आश्वासन दिएपछि उनले राजिनामा फिर्ता लिएको बताइएको छ ।

अहिले पनि दोस्रो तहका नेता ओली र नेपालबीच वार्ता गराएर पार्टी विवाद समाधान गर्ने काममा सकृय छन् ।

सबै कम्युनिष्ट नेताहरुले एउटै मञ्चवाट भाषण गर्ने, ओलीलाई निम्ता पठाइएन

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अन्य कम्युनिष्ट पार्टीका नेताहरुले एक्ल्याएका छन् ।

शुक्रवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा आलीबाहेक अन्य सबै शीर्ष नेताहरुले आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन्।

ओलीको कार्यशैलीका विरुद्ध विपक्षी गठबन्धन एक भएका बेला अब कम्युनिष्ट पार्टी पनि एक भएका छन् । उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल भने मञ्चमा सहभागी हुने भएका छन् ।

पछिल्लो समय कम्युनिष्ट पार्टीका नेताहरुबीच बाक्लो छलफल र बैठक चलिरहेको छ ।

शुक्रवार पुष्पलाल मित्रता केन्द्रले पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा यस्तो अवसर जुरेको हो ।

कार्यक्रममा सबै कम्युनिष्ट नेताले भाषण गर्दा ओलीलाई भने एक्ल्याइएको छ ।

कार्यक्रममा माधव नेपाल,पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्यकाठमाडौं, ८ साउन । कम्युनिष्ट विचारधारा बोकेका फरक–फरक ६ वटा राजनीतिक दलका ७ जना शीर्ष नेताहरूले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा आज शुक्रबार दिउँसो साढे १२ बजे आयोजना हुने कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिने भएका हुन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमालेकै महिला नेतृ अष्टलक्ष्मी शाक्यले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।

नेताहरुले कम्युनिष्ट आन्दोलन र आगामी बाटोका विषयमा विचार राख्ने स्मृति प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले बताए । ओलीलाई भने कार्यक्रमको निम्तो पठाइएको छैन ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button