भारतीयले भने,‘वाह ! नेपालका प्रधानमन्त्री, हाम्रा प्रधानमन्त्री मोदीले पनि सिकुन् उनीबाट’

१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानल जी न्युजलमा अन्तरवार्ता दिएपछि त्यसको तरंग नेपालमा मात्र होइन भारतमा पनि भएको छ । प्रधानमन्त्री ओलीले राखेका प्रष्ट बिचारवाट भारतीय नागरिक पनि प्रभावित भएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओली स्पष्ट कुरा राख्न सक्ने नेता भन्दै प्रशंसा गरेका छन् । भारतीय नागरिकले पनि ओलीको अन्तरवार्ताको विरोध गर्न सकेका छैनन् । तर्क संगत कुरा राख्ने ओलीको फ्यान भए मँ एक जना भारतीय मिडियाकर्मीले भनेका छन् ।

राजनीतिक दलका नेता तथा मन्त्रीहरु पत्रकारको जवाफ देखि भाग्ने गर्छन, आफ्नै भनाईलाई पनि परिस्थिती अनुसार परिवर्तन गर्छन तर नेपालका प्रधानमन्त्री ओली त्यस्ता नेता हुन् जो अन्तरवार्तामा स्पष्ट कुरा राखे र कुनै पनि प्रश्न देखि भागेनन्, उनको अन्तरवार्ता मलाई निकै मन परेको छ संचारकर्मी भन्छन् ।

उनले ओलीले राखेको तर्कवाट कालापानी लिपुलेक र लिम्पीयाधुरा माथिको दावी माथि पनि कुनै फरक उत्तर पाउन नसकेको बताएका छन् ।

प्रधानमन्त्रीले तर्क प्रस्तुत गर्दै भनेका छन्, भारत र चीनबीच यु द्ध हुँदा भारतले नेपालको भूमीमा आफ्नो क्याम्प बनाएको थियो त्यो जमिन अहिले भारतले आफ्नो दावी गर्दै आएको छ ।

कालापानी, लिपुलेक र लिम्पीयाधुरा त्यही भूमी हो, जहाँ नेपालले प्रयोग गरेको थिएन र भारतले चीनसंग यु द्ध गर्न प्रयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
0
+1
2
+1
13
+1
2
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button