बुधबार कर्णालीमा ५१ जना कोरोना संक्रमित थपिए

सुर्खेत, ३१ भदौ । कर्णालीमा बुधबार ५१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत÷पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा ५१ जना कोरोना संक्रमित थपिएको हुन् ।
प्रदेश अस्पताल सुर्खेत÷पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३३ जना, सुर्खेतका १३ जना, दैलेख, जाजरकोट उदयपुरका एक÷एक जना, जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका एक जना र चौरजहारी पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुुर शाहीले बताए ।
योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २९१४ पुगेको छ ।
बुधबार कर्णालीका बिभिन्न आईसोलेसन सेन्टर र अस्पतालबाट ३६ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखाका प्रमुख शाहीले बताए । ‘योसँगै कोरोना संक्रमण निको हुनेको संख्या २६०५ पुगेको छ ।’ उनले भने,‘हाल कोरोनाका संक्रिय बिरामीको संख्या ३०३ रहेको छ ।’
यसभन्दा अघि कर्णालीमा कोरोनाका कारणले ६ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button