बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नहुने प्रस्ट पारेका छन् ।

उपचारका सिलसिलामा नयाँ दिल्लीमा रहेका उनले आईतबार ट्वीट गर्दै भनेका छन्– ‘बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता ।

आईतबार गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट प्रधानमन्त्री पदबाट हटाउन चुनौती दिएको सन्दर्भमा डा.भट्टराईले प्रत्युत्तर शैलीमा ट्वीट गरेका हुन् । अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको उल्लेख गर्दै उनले निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीकै भएको पनि प्रस्ट पारेका छन् । अतिले खति गर्नेतर्फ उनले सचेतसमेत गराएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button