बालबालिकाले यति ठूलो घटना गराए, बस भित्र भेटियो महिलाको शव

आइतबार काभ्रेमा बालबालिकाले ठूलो घटना गराएको आशंका गरिएको छ । बसभित्रै एक महिलाको शव फेला परेको छ । सो घटना सडक बालबालिका गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा केही सडक बालबालिकालाई पक्राउ गरेको छ । बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २४२७ नम्बरको बसभित्र अन्दाजी ३५–४० वर्षीया महिलाको शव फेला परेको थियो ।

उनको कर णी पनि भएको प्रहरी अनुसन्धानमा देखिएको हो । घटनामा सडक बालबालिकाको संलग्नता देखिएको काभ्रे प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको अभियोगमा तीनजना बालक र एक बालिकालाई प्रहरीले पक्राउ गरेको छ ।

चार जना पक्राउ परेका छन्, काभ्रे प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले भने, उनीहरुको संलग्नता देखिएको छ । सोधपुछका क्रममा उनीहरुले महिलासँग सम्बन्ध राख्ने क्रममा बिबाद भएपछि घटना लुकाउन यस्तो गरिएको वयानमा बताएका छन् ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ–४ धुसेनिस्थित भित्रि सडक खण्डमा मंगलबार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा चार जना सवार रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मानेभञ्ज्याङ–४ धुसेनि बस्ने ७१ वर्षीया बिनामाया आलेमगर, सोही स्थानका ५० वर्षीया टुल्कीमाया आलेमगर र ५ वर्षीया बालिका डोलकुमारी आलेमगर रहेका छन्।

धुसेनितर्फ जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना भएको थियो । गम्भीर घाइते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउँसो ४ बजे तथा बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको हो।

गम्भीर घाइते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ वर्षीय कमलबहादुर थापामगरलाई थप उपचारको लागि एम्बुलेन्सद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button