बजेट पास नहुने देखिएपछि प्रदेशसभा बैठक सारियो

बजेट पास नहुने देखिएपछि बागमती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको हो । 

सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ रहेको जनाएपछि प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको जनाइएको छ । प्रदेशसभा सचिवालयले भने प्राविधिक समस्याका कारण ३ बजेका लागि सारिएको जनाएको छ ।

सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित गरिएको बताए । 

केही विवादहरु समाधान गर्नुपर्ने भएकाले प्रदेशसभाको बैठक सारिएको हो,’ उनले भने । उनले प्रदेशसभाको बैठकमा बजेट माथिको छलफल संचालनका लागि सत्तापक्ष र प्रतिपक्ष दलहरु बीच सहमती कायम गर्न आज दिउँसो १ बजे सभामुख सानुकुमार श्रेष्ठसँग छलफलको कार्यक्रम तय गरीएको बताए  ।

हिजो शनिबारदेखि प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् । प्रदेश सरकारले पी.एल.एम.बी.आइ.एस सिस्टममा बजेट प्रविष्ट नगरी संविधान र विधि मिचेर बजेट विवरणको २ प्रकारका पुस्तक प्रकाशन, सशर्त तर्फको बजेटमा सत्तापक्ष र प्रतिपक्षका सांसद् तथा स्थानीय तहहरु बीच विभेद, प्रदेश सरकार मातहतमा रहनेगरी आम संचार गृह संचालन, विद्युतीय बस खरिद र सुरुङ मार्ग निर्माण जस्ता निर्णय फिर्ता हुनु पर्ने माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध पारेका हुन् ।

डलरको भाउ बढ्दै, अरु देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ २९ पैसा र विक्रीदर ११९ रुपैयाँ ८९ पैसा पुगेको छ ।

यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ०१ पैसा र विक्रीदर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र विक्रीदर १२९ रुपैयाँ ३५ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर आज एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा र विक्रीदर ९६ रुपैयाँ ४७ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
 
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८१ पैसा र विक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र विक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button