प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के के भयो छ्लफल?

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको स्वकीय सचिव देउवाले बताए ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

आगामी १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि निर्धारण गरिएको छ । त्यसअघि साउन १२ गतेदेखि गाउँ र नगरका वडा तहको अधिवेशन गर्ने भनिए पनि हाललाई यो कार्यतालिका स्थगित गरिएको छ ।

आजको बैठकमा नयाँ कार्यतालिकाबारेसमेत छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए ।

आदिवासी जनजाति महासंघले भन्यो- रवीन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक

आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ ।

यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ ।

यस्ताखाले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

बरामले मिश्रको प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै निन्दनीय भएको बताएका छन् ।

विवेकशील साझाका अध्यक्ष मिश्रले सोमबार छलफल तथा बहसका लागि भन्दै ‘ मार्ग परिवर्तन:विचारभन्दा माथि देश ‘ शीर्षकको दस्तावेज सार्वजनिक गरेका थिए ।

जसमा स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने विषयलाई मुख्य रुपमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button