प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् : अस्थिरता अझै बढ्ने छ,सत्ताको खेल बढ्नेछ

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।

मंगलबार अबेर सामाजिक संजाल मार्फत उनले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन।‘

उनले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि मान्नु पर्ने र कार्यान्वयनमा जानुपर्ने बताएका छन्।

अदालतका फैसलाका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित भएको पनि उनको भनाई छ।

यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था नभएको चेतावनी थापाको छ। ‘बरू अस्थिरता अझै बढ्ने छ। सत्ताको खेल बढ्नेछ’, उनले भनेका छन्।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button