प्रतिगमन विरुद्धमा सबै दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन : माधवकुमार नेपाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार निर्माण गर्न तयार रहेको बताएका छन् ।

आफ्नो र पुष्पकमल दाहाल प्रचण्डका कारण कुनै असहज परिस्थिति नआउने पनि नेता नेपालले बताए ।

यस्तै प्रतिगमन विरुद्धमा सबै दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । प्रतिगमनविरुद्ध संघर्षका लागि नेपालले कांग्रेस, जसपा लगायत पार्टीलाई पनि आह्वान गरेका छन् ।

‘बैठक बसौं, खुल्ला रुपमा छलफल गर्न तयार छौं । हामी सबै विकल्पमा खुला छौं ’ नेता नेपालले बताए । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

कार्यक्रममा कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली समूह बाहेकका पार्टी तथा शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने सुझाव दिएका छन् ।

पहिले संसद पुर्नवहाली हुनुपर्छ भन्ने शक्तिहरु मिलेर केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने र त्यसपछि समस्याको समाधान निकाल्नुपर्ने उनको तर्क थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button