प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ : प्रचण्ड

१२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको बताएका छन् । 
सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने बताए । 

प्रचण्डले पार्टी एकता गर्दा एक नम्बर र दुई नम्बर अध्यक्ष नभनिएको भन्दै प्रधानमन्त्री पनि आलोपालो गर्ने भनेर सहमति भएको बताए ।

‘तर ओलीजीले त्यो सहमति तोड्नुभएपछि समस्या आएको हो । अब अहिले माधवजी र म अध्यक्ष भएका छौँ हामी दुवै बराबरी छौ ।

अहिले आलोपालो बैठकको अध्यक्षता गर्छौँ । हामी अहिले जसले बैठकको अध्यक्षता गर्छौँ उही एक नम्बर हुन्छौँ । माधवजीलले बैठकको अध्यक्षता गर्दा उहाँ एक नम्बर मैले गर्दा म’, प्रचण्डको भनाइ छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button