प्रचण्डलाई किन बढ्यो खतरा ? उनको सुरक्षामा बढाइयो सुरक्षाकर्मी

काठमाडौं । शेरवहादुर देउवा प्रधानमन्त्री बनेपछि गृह मन्त्रालयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत केही विशिष्ट ब्यक्तिको सुरक्षामा विशेष चासो राखेको छ ।

ओली सरकारले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धि नयाँ कार्यविधि २०७७ जारी गर्दै भीआइपीको सुरक्षामा सुरक्षाकर्मी घटाएको थियो ।

तर देउवा सरकार आएपछि प्रचण्ड, नेपाल लगायत नेपाल पक्षका सांसदहरुको समेत सुरक्षा बढाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग नेपाल र प्रचण्ड लगायत केही नेताहरुसंगको सम्बन्ध चिसिएपछि सरकारले कार्यविधि जारी गर्दै उनीहरुलाई सरकारले दिँदै आएको सुरक्षा हु्वात्तै हटाएको थियो ।

आफुलाई सरकारले दिँदै आएको सुरक्षा घटाएपछि प्रचण्डलाई उनकै पार्टीले पूर्व ल डा कु परिचालन गरेर सुरक्षा दिएको थियो ।

देउवा सरकारमा गएपछि पुनः अध्यक्ष दाहाललाई डीएसपीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ। पहिले दिँदै आएको भन्दा थप सुरक्षाकर्मी समेत पठाइएको छ। अहिले डीएसपी विनोद घिमिरेले प्रचण्डको सुरक्षा नेतृत्व सम्हालेका छन्।

एमाले भित्र देखिएको विवादका बीच नेपाल र उनका पक्षधर नेताहरुलाई पनि सुरक्षा खतरा बढेको भन्दै प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेर उनीहरुलाई सुरक्षा दिएको छ ।

प्रचण्डलाई देउवाले किन सुरक्षा बढाए भन्ने कुराको उत्तर भने अनुत्तरीत नै छ । एमाले नेता नेपाललाई एमालेकै युथफोर्सका नेता कार्यकर्तावाट खतरा रहेको अनुमान लगाउँदै सुरक्षा बढाइएको हो ।

त्यस्तै सर्वोच्च अदालतको फैसला विरुद्ध पनि युथ फोर्सले आन्दोलनको घोषणा गरेका कारण न्यायाधीस र प्रधानन्यायाधीसहरुको पनि सुरक्षा बढाइएको छ । तर प्रचण्डलाई के खतरा हो ? भन्ने कुरा खुलेको छैन । देउवाले प्रचण्डलाई रिसाउनकै लागि उनको सुरक्षा पनि बढाएका त होइनन् ? सामाजिक सञ्जालमा प्रश्न गरिएको छ ।

गृह मन्त्रालयको सुरक्षा मापदण्डभन्दा धेरै सुरक्षाकर्मी अध्यक्ष दाहाललाई पठाइएको छ। पूर्व प्रधानमन्त्रीलाई सशस्त्र प्रहरीका १६ जना र २ जना नेपाल प्रहरीबाट सुरक्षा दिन मापदण्डमा उल्लखे छ।

त्यस्तै, पूर्व राजाको हकमा पनि यही सङ्ख्या लागू गरिएको छ। पूर्व राष्ट्रपतिलाई भने सेना समेतले सुरक्षा दिने मापदण्ड छ।

बामदेव गौतम भन्छन्, ‘मेरो बारेमा गलत हल्ला चलाइयो’

नेकपा एमालेमा बढ्दै गएको विवादकाबीच माधव नेपाल पक्ष देउवा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल सुरु भएको छ ।

मंगलवार डल्लुमा नेपाल पक्षका नेताहरुबीच बैठक बसेको थियो । एमालेले कारवाहीका लािग सोधेको स्पष्टिकरण र सरकारमा सहभागीताका विषयमा छलफल भएको बताइएको छ ।

यसै सन्दर्भमा केही मिडियाहरुमा एमाले नेता बामदेव गौतम देउवा सरकारमा सहभागी हुने भन्दै समाचार आएको छ ।

एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेपछि भएको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका उपाध्यक्ष बामदेव गौतम त्यस यताका अन्य बैठकमा सहभागी भएका छैनन् । उनले कोटेश्वमा माधवकुमार नेपाललाई भेटेका थिए ।

तटस्थ बस्दै आएका उपाध्यक्ष गौतम वरिष्ठ नेता माधवकुमार नेपालतिर झुकाव बढाएका छन् । एमालेले देउवाको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेपछि गौतमले त्यसको विरोध समेत गरेका थिए ।

यस्तै घटनाक्रमलाई लिएर केही मिडियामा गौतमको नेतृत्वमा नेपाल पक्ष देउवा सरकारमा जान लागेको भन्दै समाचार सार्वजनिक भएपछि गौतमले त्यसको खण्डन गरेका छन् ।

मंगलवार विहान सामाजिक सञ्जाल मार्फत गौतमले त्यस्ता समाचारमा कुनै सत्यता नभएको बताएका छन् । उनको सचिवालयको तर्फवाट सार्वजनिक गरिएको भनाई यस्तो छ ।

विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा क। वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचार प्रति कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उहाँको चरित्र ह र णमा संलग्न अ प रा धी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको ब्यहोरा जानकारी गराउन चाहन्छौं ।

धन्यवाद । दिपक टमटा स्वकिय सचिब, क बामदेव गौतमको सचिवालय’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

सम्बन्धित समाचार

Back to top button