प्रचण्डमाथि बिराटनगरमा जुत्ता हा’नेको खबर भाईरल, यस्तो रहेछ बास्तविकता

१८ माघ, काठमाडौं । प्रचण्डको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्वीरसँगै लेखिएको क्याप्सनका कारण उक्त तस्वीर भाइरल भएको हो । उक्त तस्वीर प्रचण्डलाई जुत्ता हा’नेको भन्दै सेयर गरिएको छ ।

तर तस्वीरको बास्तविकता अर्कै भएको खुलेको छ । शुक्रबार प्रचण्ड बिराटनगरमा थिए । त्यहाँ उनले निर्धारित कार्यक्रमलाई सम्बोधन गरे ।

सम्बोधनपछि स्टेजबाट ओर्लदै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर जुत्ता हा’नेको दाबी गरिएको छ, जुन बास्तविक होइन ।

प्रचण्डलाई जुत्ता हा’नेको होइन् । स्टेजबाट ओर्लनेक्रममा सुरक्षाकर्मीले उनलाई सहयोग गरेका थिए । सहयोग गर्दै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर हल्ला फिजाइएको हो ।

उनको सुरक्षामा खटिएको प्रहरी र युवाले प्रचण्डमाथि जुत्ता हा’नेको भन्दै अनावश्यक हल्ला फैलाइएको दाबी गरेका छन् ।

‘फलामको सिँढी सानो थियो, स्टेजबाट ओर्लंदै गर्दा असहज हुन्छ भनेर सहयोग गरेका थियौं,’ कार्यक्रम स्थलबाट ओर्लंदै गर्दा प्रचण्डलाई सहयोग गरेका राष्ट्रिय युवा सङ्घका स्थानीय नेता आजाम परवेजले भने, ‘जुत्ता हानेको होइन ।’

शुक्रबार प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विरोधसभालाई प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button