पूर्वमन्त्री साहमाथि क्यानडा पठाइदिने भन्दै पैसा ठगी गरेको आरोप, उजुरी बोकेर प्रहरीकोमा पुगे पीडित

क्यानडा पठादिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाई ठगी गरेको भन्दै पूर्वमन्त्री प्रभु साहविरुद्ध उजुरी दिन एक महिला प्रहरी कार्यालय बानेश्वर पुगेकी छिन् ।

काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीका छोरालाई साहले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाएको पीडित केसीको आरोप छ ।

‘तीन वर्षअघि नै मेरो छोरालाई क्यानडा पठाइदिन्छु भनेर ३० लाख रुपैयाँ लिनु भएको हो । पछि पठाउन नसकेपछि साढे १० लाख फिर्ता पनि गर्नुभयो ।

२० लाख रुपैयाँ पटक–पटक माग्दा पनि दिनु भएको छैन,’ केसीले भनिन्,‘ आज पैसा माग्न उहाँको घरमा जाँदा म माथि हा’तपा’त भयो । अहिले उजुरी दिन बानेश्वर प्रहरी वृत्तमा आएकी छु ।’

बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी मिम बहादुर लामाले भने आफू खाना खान आएकाले उजुरी दिन आएकी महिलाबारे बुझ्न बाँकी रहेको बताए ।

प्रहरीका अनुसार दीपा केही महिला साथी लिएर आइतबार बिहान पूर्वमन्त्री साहको घरमा पुगेकी थिइन् । तर, साहले उनलाई आफूले नचिन्ने भन्दै कुरा गर्न इन्कार गरेका थिए ।

साहले समेत उनीहरू बिहान आफ्नो घरमा आएको स्वीकार गर्दै महिलाले घरमै आएर आफूमाथि दु’र्व्यव’हार गरेको बताए । ‘एउटा महिलाको समूह मेरो घरमा आएको थियो । उनीहरूले ममाथि दु’र्व्यव’हा’र गरे । मैले पैसा ठगी गरेको भए प्रहरीले अनुसन्धान गर्ला,’ साहले भने ।

सन्ध्या तिवारीले नेकपा एमालेको नाममा दर्ता गरेको पार्टीको नाम फेरीयो, के हो नयाँ नाम ?

सन्ध्या तिवारीले नेकपा एमालेको नाममा दर्ता गरेको पार्टीको नाम परिवर्तन भएको छ । निर्वाचन आयोगमा सन्ध्या तिवारीका नाममा दर्ता भएको पुनर्गठित नेकपा एमालेको नाम परिवर्तन भएको हो । सो पार्टीको नयाँ नाम जनता जनवादी पार्टी (जजपा) रहने भएको छ ।

तत्कालिन नेकपाभित्र विवाद उच्च विन्दुमा पुगेको बेलामा सन्ध्या तिवारीको नाममा नेकपा एमाले दर्ता भएको थियो । नेकपाका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले केपी ओलीको योजनामा पार्टी दर्ता भएको भन्दै विरोध गरेका थिए ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै एमाले ब्युँताइदिएपछि तिवारीको एमाले पनि खारेज भएको हो ।

केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले ब्युझिए पछि सन्ध्याको एमाले खारेज भएको हो । निर्वाचन आयोगले तिवारीलाई पत्र लेखेर उनको पार्टीको नाम सच्याउन निर्देशन दिएको थियो ।

उनको पार्टीको चुनाव चिन्ह पनि अर्कै छ । सन्ध्या तिवारीको एमालेले डाँडामाथिको उदाउँदो सूर्य चुनाव चिन्ह पाएको थियो ।

यसैबीच, फागुन २३ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र ब्युँतिएपछि निर्वाचन आयोगले गोपाल किरातीलाई पनि पार्टीको नाम परिवर्तन गर्न पत्र पठाएको थियो । उनको पार्टीको नाम पनि परिवर्तन भएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी बनाएका छन् ।

श्री ५ महाराजाधिराज भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएपछि मनिषा कोइराला एका एक चर्चामा

 अभिनेत्री मनिषा कोइराला बेलाबेलामा चर्चामा आउँछिन् । उनी अहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएको घटनालाई लिएर चर्चामा छन् ।

उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिकृया दिएका छन् । अधिकांशले उनको पूर्वराजालाई गरेको सम्बोधनलाई लिएर आ प त्ती ज ना एका छन् ।

कोइरालाले पूर्वराजा शाहलाई पूर्वराजा नभनी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव भनि सम्बोधन गरेपछि उनको आलोचना भएको हो ।

संविधानले नै ज्ञानेन्द्र शाहलाई पूर्वराजा भनेर उल्लेख गरिसकेको अवस्थामा मनिषाले राजाकै रुपमा सम्बोधन गरेको भन्दै आ लो चना गरिएको छ । भारतका ठूला नेताहरुसंग पनि राम्रो स म्ब न्ध रहेकी मनिषाको यो सम्बोधनलाई कतिपयले राजनीतिक भन्दै टि प्पणी समेत गरेका छन् ।

मनिषाले लेख्नुभएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ औं शुभजन्मोत्सबको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’

शिव घिमिरे नामका ट्वीटर प्रयोगकर्ताले लखेका छन्, चुच्चे नक्शाको समर्थन गरेर भाजपालाई चिढ्याईन र हो, नत्र त वीपीको नातिनी, भारतको सत्तापक्षरप्रतिपक्ष संग राम्रै पहुच भाकी ठुलै मान्छे हुन नी । कांग्रेस आईले फा ले को राजतंत्र भाजपाले ल्याईदिन्छ की ? यिनले यसरी पुर्व उपसर्ग नराखी राजालाई सम्बोधन गर्नुको अर्थ त ठुलै लाग्छ हो ।

मनिषालाई पूर्व राजा लेख्न सबैले सुझाएका छन् । शर्मा एसआरले मनिषाको ट्विटमा लेखेका छन्, ‘महाराजाधिराज ? मौसुफ ! हामीलाई जनताबाट रैति हुन यत्रो रहर किन के ?’

त्यस्तै भुसु आर दुवाडीले नेपालको संविधानले नै शाहलाई पूर्वराजा बनाइदिसकेको उल्लेख गर्दै लेखेका छन्, , ‘राज्यको संविधान ले अब यिनलाई पूर्व राजा बनाइदिएको छ।

यो देशको नागरिक हु भन्नुहुन्छ भने तपाईंले नी पालना गर्न पर्छ, उहाँ अब श्री ५ महाराज धीराज होइन मात्र पूर्व राजा हो। तपाईंजस्तो बुझेको मान्छेले देशको संविधान विपरित बोल्दा हामीले अरूबाट के आशा राख्ने ?’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button