पूर्वमन्त्री प्रभु साहलाई यस्तो गम्भिर आरोप लागेपछि……….

काठमाडौ । एक जना महिलाले पूर्वमन्त्री प्रभु साहको घरमै पुगेर हो हल्ला गरेपछि यो विषय अहिले चर्चामा आएको छ । उनले आफ्ना छोरालाई क्यानडा पठाइदिन्छु भनेर साहले पैसा लिएको र पुरै पैसा फिर्ता नगरेको भन्दै आरोप लगाएकी छन् ।

केही महिला अधिकारकर्मी समेत लिएर साहकै घरमा पुगेकी उनले त्यहाँ विवाद पनि गरिन् । प्रहरी वृत्त, बानेश्वरले साहको घरबाट बाँसबारीकी दीपा केसी कुँवरलाई पक्राउ गरेको थियो ।

कुँवरले साहलाई २० लाख लिएर फिर्ता नगरेको आरोप लगाउँदै आएकी छन् । छोरालाई क्यानडा पठाइदिने भन्दै ३० लाख लगेकोमा १० लाख फिर्ता गरेको र अरु पैसा फिर्ता गर्न बाँकी रहेको कुँवरको आरोप छ ।

यो घटना पछि पूर्वमन्त्री साहले विज्ञप्ती जारी गर्दै सो घटना माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको योजनामा भएको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ुक्यानडा पठाइदिने भनेर पैसा लिएको भन्दै सुनियोजित रुपमा मेरो नाम जोडेर केही अनलाइनहरुमा समाचार सम्प्रेषण भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सर्वप्रथम, यी निराधार, कपोलकल्पित र निकै भ्रामक आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु।

साथै, बिना कुनै तथ्य प्रमाण समाचार सम्प्रेषण गर्ने केही प्रायोजित अनलाइनका कारण मिडिया माथिको विश्वास घट्न थालेकोले यस्ता अनर्गल प्रचारबाजी गर्ने कार्य बन्द गर्न र गराउन सबैमा आग्रह समेत गर्दछु।’

पूर्वमन्त्री साहले फेसबुकमा लेखेका छन्, ‘यो सबै राजनीतिक रुपमा स्वस्थ्य प्रतिस्पर्धा गर्न नसक्नेहरुले नीचता प्रदर्शन गर्दै रचेको षड्यन्त्र मात्र भएकोले यसमा प्रत्यक्ष एवं परोक्ष रुपमा संलग्न दोषीहरुलाई कानून बमोजिमको कार्यवाही गर्न माग समेत गर्दछु।’

प्रहरी स्रोतका अनुसार ती महिलाले पूर्व मन्त्री साहलाई पैसा दिएको आधार प्रमाण केही फेला परेको छैन । तर पनि महिला अधिकारकर्मीहरुसहित आफ्नो निवासमा आएर उनले किन होहल्ला गरिन् भन्नेमा साह आफै छक्क परेका छन् ।

..त्यसपछि भीम रावललाई राति बालुवाटार बोलाइयो

आइतबार राति बालुवाटारमा बोलाइएका पुनर्बहालीप्राप्त उपाध्यक्ष भीम रावलले शुरुमा माधव नेपाललाई फोनमै खबर सुनाउनुभयो । र, अनुमति लिएरै पुग्नु पनि भयो । यो घटनासँग प्रधानमन्त्रीको मनमा सवार त्रासले मुख्य भूमिका खेलेको बताइन्छ ।

किनभने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता लिने अल्टिमेटम भोलिपल्ट अर्थात् सोमबार साँझ ५ बजे सकिँदै थियो तर हस्ताक्षर फिर्ताको चालचुल केही भएन ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शेरबहादुरपक्षीय रिटमाथिको सुनुवाई सकिँदै थियो (सकियो पनि) । र, मंगलबार फैसला आउने ‘पक्कापक्की’ छ भन्ने प्रधानमन्त्रीको बुझाई थियो । त्यसैले आइतबार बिहान विष्णु पौडेलसहित वार्ता टोलीका सदस्यलाई कोटेश्वरस्थित माधव नेपाल निवासमा पठाइयो ।

जब विष्णु पौडेलले ‘हामी ८ बजे आउँदैछौँ’ भनेर बिहान ७ बजे फोन गर्नुभयो, तब माधवले सीधै ‘आउनुस्’ भन्नुभएन । बरु ‘घनश्यामहरु पनि आउनुहुन्छ’ भन्नुभयो । अर्थात्, ओलीका मान्छे कोटेश्वर पुग्ने, आफूहरुले मात्रै भेटेर बाहिर अर्को भ्रम सिर्जना गरिदिने खतराप्रति माधव सचेत हुनुहुन्थ्यो । त्यसैले दुबै समूहका वार्ताकारलाई सँगै आउन भन्नुभयो । तर, त्यहाँ सबभन्दा पहिला घनश्याम भुषाल पुग्नुभयो ।

अदालतलाई प्रभाव पार्नकै निम्ति बालुवाटारबाट पठाइएको प्रस्ताव थियो, ‘हस्ताक्षर फिर्ता गर्ने कुरामा तपाईंहरु तयार नभए पनि केही फरक पर्दैन तर पार्टी एकताका निम्ति हामी प्रतिवद्ध छौँ भनेर तपाईं र केपी कमरेडको एउटा संयुक्त विज्ञप्ति आउनुप-यो ।

’ विष्णु पौडेलबाट यस्तो प्रस्ताव आएपछि माधवले घनश्यामको मुख हेर्नुभयो ।

‘एकता नै भन्ने विषयमा त हाम्रो असहमति हैन नि ! तर, विज्ञप्ति दिएर मात्रै एकता हुँदैन । एकता हुनका लागि राखिएको हस्ताक्षर फिर्ताको शर्तमा हामी नजाने कुरा स्पष्टै छ । त्यो कुरा पनि थाती राखेर वक्तव्य दिने भन्नुभएको हो भने त दिने नि, किन नदिने ?’ अनि, माधवले कुरा फुकाउनुभयो, ‘तपाईंहरु ६ जनै बसेर विज्ञप्तिको ड्राफ्ट गर्नुस्, म हस्ताक्षर गरिदिन्छु ।’

त्यहाँबाट उठेर केपीपक्षीय टोली बालुवाटार पुग्यो । माधवका कुरा केपीलाई सुनाइयो तर बालुवाटारमा माधवलाई हस्ताक्षर गराउने भनिएको विज्ञप्ति पहिल्यै तयार पारिएको रहेछ ।

स्रोतका अनुसार, केपीकै खल्तीमा रहेको उक्त ड्राफ्टमा ‘पार्टी एकताको मूल्यमा विगतमा हामीबाट भएका सम्पूर्ण कमि–कमजोरी सच्याइने छ’ भन्ने प्रकारको भाषा थियो । केपीपक्षीय वार्ता टोलीका एक सदस्यले भने, ‘माधव कमरेडले त यो ड्राफ्ट ६ जनै बसेर बनेको हुनुपर्छ भन्नुभएको छ । यही ड्राफ्ट लगेर छलफल गरियो भने कुरा मिल्नेजस्तो देखिँदैन ।

’ यसपछि केपीले ‘मिल्दैन भने मिल्दैन त, के गर्नु !’ भन्दै विरक्ति भाव दर्शाउनुभयो । अर्थात्, ‘कमि–कमजोरी सच्याइने’ नाममा उही हस्ताक्षर फिर्ताको अडानलाई माधव नेपालले मानिदिनुपर्ने अडान त्यहाँ थियो । यसर्थ, त्यो विज्ञप्ति जारी भएन ।

यसपछि नै हो, भीम रावललाई राति बोलाएर कार्यदल व्युँताउने सल्लाह भएको । भोलिपल्ट, अर्थात् अस्ति सोमबार पनि ५ बजेतिर ‘सिंहदरबारमा बसौँला’ भनेर कार्यदलका ओलीपक्षीय सदस्यहरुले भीम रावललाई खबर पठाए । यसमा पनि कारण थियो । यो समाचार जनआस्था साप्ताहिकमा छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button