पारिवारिक झगडामा ५ महिने बालिकाको मृ त्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको ज्यान गएको छ ।

जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमायालाई उचालेर घरको पिंढीमा फालेका थिए ।

गम्भीर घाइते भएकी ती बालिकाको उपचारको क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताए ।

घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए ।

त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु

कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे/तीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।

रेगलुर र आंशिक सबै परीक्षा सुरु गरेका छौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘विद्यार्थीहरु अलमोस्ट सबै सहभागी भएका छन् ।’

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

केही प्राविधिक समस्या आएको स्वीकार्दै परीक्षा नियन्त्रक जोशीले अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको र नमिलेका अन्य कुराहरु विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने बताए ।

‘परीक्षा दिन आएकालाई परीक्षामा बसाउनुस् पछि सच्याउँछौं भनेका छौं, जे होस् राम्रो भयो, सबैजसो उपस्थित भएका छन्,’ उनले भने ।

बिहान सात बजेबाट परीक्षा सुरु भएको र अहिलेसम्म गम्भीर समस्या केही पनि नआएकाले आफूहरु उत्साहित भएको उनले बताए । परीक्षा सन्चालनमा सहयोग गरेको भन्दै उनले सबै विद्यार्थी, अभिभावक, कर्मचारीलगायतलाई धन्यवादसमेत दिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button