पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण ७ गते बिहीबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल श्रावण ७ गते बिहीबार इश्वी सन २०२१ जुलाई २२ तारीख असार शुक्लपक्ष त्रयोदशी तिथी मूल नक्षत्र ऐन्द्र योग गर करण चन्द्रमां धनु राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ ।सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

भारतीय बायोटेक्नोलोजीद्धारा प्रारम्भिक चरणमै क्यान्सर पत्ता लाग्ने वैज्ञानिक अन्वेषण

भारतको बायोटेक्नोलोजी कम्पनीले क्यान्सर रोगको प्रारम्भिक चरणमै पत्ता लगाउने महत्वपूर्ण वैज्ञानिक उपलब्धि हासिल गरेको दाबी गरेको छ ।

भारत बायोटेक्नोलोजीले क्यान्सर प्रारम्भिक चरणमै पक्ता लगाउने वैज्ञानिक उपलब्धि हासिल गरेको दाबी गरेको छ ।

यो वैज्ञानिक उपलब्धिलाई सम्बन्धित नियामक संस्थाहरुले यो बर्षको अन्त्य तिर पुष्टि गर्ने अपेक्षा गरिएको छ ।

यो उपलब्धि पुष्टि भए क्यान्सर रोगको धेरै मात्रामा उपचार हुन सक्ने र लाखौँ क्यान्सर रोगीलाई अकालमा ज्यान जान बाट जोगाउन सकिनेछ । मुम्बईस्थित इपिजेनर्स बायोटेक्नोलोजी र सिंगापुरस्थित टीजर ल्याब्सले यो वैज्ञानिक प्रविधि अन्वेषण गरेको दाबी गरेका हुन् ।

कम्पनीहरुले क्यान्सर पत्ता लगाउने आफ्नो विज्ञान शत प्रतिशत प्रभावकारी रहेको पनि दाबी गरेका छन् । यी दुबै बायोटेक्नोलोजिकल कम्पनी भारतीय नानोटेक वैज्ञानिक डा. विनय त्रिपाठीद्धारा सञ्चालित छन् ।

दुबै कम्पनीहरुको व्याबस्थापकद्धय डा. त्रिपाठीको छोराहरु आसिस र अनिसले यो वैज्ञानिक उपलब्धि प्रभावकारी रहेको दाबी गरेका छन् । एक हजार मानिसमा विभिन्न प्रकृतिको क्यान्सर रोग प्रारम्भिक चरणमै पक्ता लागेको उनीहरुले बताएका छन् ।

यसले क्यान्सर रोगहरुको समयमै पहिचान भई उपचार सम्भव हुने उनीहरुले बताए । यो वैज्ञानिक प्रविधि यो बर्षको अन्त्यबाट सुचारु गरी सबैभन्दा पहिले भारतमा परिक्षण गर्न चाहेको आसिस त्रिपाठीले बताए ।

यो प्रविधिमा सबैभन्दा पहिले रगत परिक्षण गर्ने र मोलिक्युलर बिश्लेषण गरिने बताईएको छ ।

सञ्चालक वैज्ञानिक डा. त्रिपाठीको जुवाईँ र सन् २०१८ मा आत्महत्या गरेका क्यान्सर पीडित उच्च ओहोदाका मुम्बई प्रहरी अधिकारी हिमांसु रोयको सम्मानमा उक्त वैज्ञानिक प्रविधिको नाम एच्आरसी राखिने कम्पनीले निर्णय गरेको छ ।

हालसम्म विश्वमा मानिसमा एक सय असी प्रकारका क्यान्सरहरु पाईएको छ । यो प्रविधिद्धारा २५ प्रकारका क्यान्सरको प्रारम्भिक चरणमा पत्ता लाग्ने दाबी गरिएको छ । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button