पश्चाताप गरेर आए ओलीसमूहसँग सहकार्य गर्न सकिन्छ : माधवकुमार नेपाल

नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पश्चाताप गरेर आए ओलीसमूहसँग सहकार्य गरेर अघि बढ्न सकिने बताएका छन् ।

प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा  नेता नेपालले पश्चाताप गरेर आए ओलीसमूहसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने बताएका हुन् ।  

नेता नेपालले तर, अहिलेसम्म प्रतिगमनकारीहरूले पश्चाताप गर्ने कुनै लक्षण नदेखाएको बताए । ‘साँचै  पश्चाताप  भएको छ त’, उनले भने‘पूर्वतिर केहि संकेत आएको छ ?’ प्रतिगमन गरेकोमा पश्चाताप गर्नुको साटो उल्टै प्रधानमन्त्रीले आफूलाई असुरक्षा भएको  भन्दै हिंडिरहेको  नेता नेपाको भनाइ छ  ।

उनले प्रधानमन्त्रीको सुरक्षाका लागि आफूहरू पहल गर्न तयार रहेको बताए ।  पश्चाताप गरेर नआएको खण्डमा प्रतिगमन विरुद्ध आन्दोलनमा उत्रेका अन्य दलहरूसँग मिलेर अघि बढ्ने नेता नेपालले स्पष्ट पारे । ‘हामीले कांग्रेस र जसपालाई भनेका छौं ।

तपाईहरू प्रस्ताव लिएर आउनुस् । हामी सहयोग गर्न तयार छौं’, उनले भने, ‘नभए हामी प्रस्ताव लिएर जान्छौं । तपाईहरू सहयोग गर्नुहोस् ।’ नेता नेपालले कसैको पक्षमा आफूहरू नकारात्मक नभएकाले छलफल गरेर अघि बढ्न तयार रहेको स्पष्ट पारे ।

नेता नेपालले एमसिसिलगाएतका विवादित विषयमा पनि छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखे ।

नेकपाको  आधिकारिकता विवादका सम्बन्धमा नेता नेपालले आफूहरूको समूह नै आधिकारिक भएको बताए । ‘हामीसँग बहुमत सदस्य छन् । हामी नै आधिकारिक नेकपा हौं’, नेता नेपालले थपे। आफूहरूले निर्वाचन आयोगमा पनि दावा प्रस्तुत गरिसकेको उनले बताए । बहुमत पुष्टि गर्न निर्वाचन आयोगलाई जे जे चाहिन्छ सबै उपलब्ध गराउन आफूहरू तयार रहेको उनले बताए ।

नेता नेपालले भने, ‘बहुमत भएको पुष्टि गर्न निर्वाचन आयोगमा केन्द्रिय सदस्यहरूको ब्लड टेष्ट, खकार टेष्ट, नागरिकता, लाइसेन्स के के चाहिन्छ सबै उपलब्ध गराउन हामी तयार छौं ।

नेता नेपालले लोकतान्त्रीक व्यवस्थामा बहुमतले नै निर्णय गर्ने, अल्पमत बहुमतको अधिनमा रहने स्पष्ट पारे ।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button