नेपाली सेनाद्वारा आधुनिक शौचालय मुसहर बस्तीमा हस्तान्तरण

नेपाली सेनाको धनुषा महेन्द्रनगरस्थित श्री श्री नाथ गणले सात कोठे पक्की आधुनीक शौचालय भवन साथै वाटर पम्म (चापाकल) निर्माण गरेर स्थानिय मुसहर बस्तीमा हस्तान्तरण गरेको छ ।

क्षीरेस्वरनाथ नगरपालिका –६ स्थित उक्त मुसहर बस्तीमा सैनिक कल्याणकारि कोष र श्री नाथ गढको रु १० लाख रकम खर्च गरेर अत्याधुनिक शौचालय साथै चापा कलको निमार्ण भएको हो ।

निर्मित भवनको शुत्रबार गढ प्रमुख श्री गजेन्द्र रावतले मुसहर वस्तीमा भएको एक कार्यक्रमवीच स्थानिय वार्डलाई हस्तान्तरण गरेका हुन ।

सात कोठे भवनमा पाँच वटा शौचालय र २ वटा वाथरुम रहेका छन भने उक्त बस्तीमा खोपानिको समस्या सामाधान होस हेतु ६ वटा चापा कल समेत जडान गरिएको छ । सैनिक र नागरिक वीचको सवन्धलाई प्रगाढ वनाउने उद्देश्यका साथ नेपाली सेनाले उत्त भवन बनाएको हो ।

विगत लामो समय देखि शौचलयको कठीनाई रहेको र घरमै शौचालय हुदाँ पनि सानो ठाउँ हुदाँ शौच गर्न निकै गाह्रो हुने र बाटो हिड्रँदा खानेपानिको समस्याको सास्ती भोग्नु पर्ने रहेको हुदाँ स्थानियको अनुरोधमा सेनाद्धारा उक्त भवनको निमार्ण गरेको गढपति रावतले जानकारि दिए ।

यता,नेपाली सेनाले घामपानि नभनि आफूहरुको निम्ति यति चाँडो काम गरेको भन्दैै स्थानियले सेनाको प्रशंशा गर्दै नेपाली सेनाले विपत्को बेला मात्र नभई अभावको बेला समेत सहयोग गरेकोमा निकै र्हर्षित भएको वताएका छन ।

बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ ।

बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिएका हुन् ।

उनले बाढीपहिराका कारण कतिपय स्थानमा आवतजावतसमेत रोकिएको उल्लेख गर्दै त्यस्ता स्थानमा हेलिकोप्टरबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताए ।

उनले प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न र आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग माग गर्नसमेत निर्देशन दिएका छन्। 

छलफलमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button