नेपालप्रति ओलीको आक्रोश: यस्ता प्रतिक्रियावादीका मतियारका लागि पार्टीमा ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राखेका छन्।

पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दैै उनले माधव नेपालसहितका नेताहरूलाई मुख्य–मुख्य ‘अपराधी’को रूपमा चित्रण गर्दै उनीहरूलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाएका हुन्।

‘बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने।’ 

अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यस्ता प्रतिक्रियावादीहरूका मतियारका लागि पार्टीमा ठाउँ छैन।’ 

उनले माधव नेपाल पक्षका अन्य नेताहरूलाई भने पार्टीका आउन पुनः आह्वान गरे।

‘अरू साथीहरू गल्ती महसुस गरेर फर्कनु हुन्छ भने हामी मौका दिन्छौं। आउनुहोस्- यो पार्टी हामी सबैले बनाएका हौं’, अध्यक्ष ओलीले थपे, ‘गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौं।’ 

उनले माधव नेपाल पक्षमा नेताहरू नआए पनि चिन्ता गरेर बस्नुपर्ने अवस्था आफूहरूका लागि नरहेको दाबी गरे।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दाबी समेत गरे। 

पार्टीमा खुट्टा तान्ने तत्वहरू अब पार्टीभित्र नरहेकाले बहुमत ल्याउन सकिने उनको तर्क थियो। 

‘अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं। किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन्। अगाडि बढ्न खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन। उसलाई उम्मेदवारको रूपमा अघि सार्नु पर्छ भन्ने’, उनले भने, ‘अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन् नि, यस्ता तत्वहरू नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश व्यक्त गरे।

जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरूका दलालहरूले सरकार ढाल्न राष्ट्रपतिलाई दिएको निवेदन अवैैध भएको दाबी गर्दै उनले त्यस्तो अवैैध, किर्ते, जाली, अनुशासनहीन काम गर्नेलाई कारबाही गर्नुपर्नेमा अदालतले कारबाही गर्न पाइँदैन भनेर फैसला गरेको भन्दै आपत्ति जनाए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button