नेकपा कुर्सी र पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार गठबन्धनमा नेपाली कांग्रेसले गरिरहेको कसरतप्रति टिप्पणी गर्दै असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत थापाले गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएको स्मरण गराएका छन्। 

उनले नेकपा कुर्सी र पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो भन्दै त्यहीँ कम्युनिष्टसॅग मिलेर कांग्रेस सरकार बनाउन अग्रसर रहेको प्रति टिप्पणी गरेका हुन्।

उनले कम्युनिष्टको प्रस्ताव अस्वीकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button