नक्कली बाबु छोरी बनेर नागरिकता !

काठमाडौ । बाबु छोरीको नाता पवित्र मानिन्छ । तर कतिपय भने पैसाको लोभमा यस्तो नातालाई नै बदनाम गरिरहेका छन् ।

त्यसमध्ये पर्साका धुरुप प्रसाद पटेल पनि पर्छन् । उनले भारतीय एक नागरिकलाई आफ्नी छोरी भनेर नेपाल सरकारलाई नै झुक्याइदिएका छन् ।

छोरी बनाएर उनले एक युवतीलाई नागरीकताको प्रमाणपत्र समेत दिलाएपछि उनको करतुत बाहिरिएको हो ।

पैसाका लागि उनी नक्कली बाबु बनेका थिए । छोरी बनी नागरिकता बनाउने सिता पटेल र धुरुप प्रसादलाई अहिले प्रहरीले पक्राउ गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिका २ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई–२ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेल पक्राउ परेका हुन् ।

भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झु ट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको दावी प्रहरीले गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज–१३ श्रीपुरबाट सीता पटेललाई पक्राउ गरेको थियो ।

सिता कुमारीले जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ गते ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी थिइन् ।

नागरिकतामा साविक बैरियाबिर्ता दा पु गा वि स वडा नं ९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख थियो ।

भारतीय नागरिकलाई नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिएको अभियोगमा धुरुपलाई पनि श्रीपुरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिएका छन् ।

यी १७ जिल्ला तेस्रो लहरको अति उच्च जोखिममा

निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण महामारीको तेस्रो लहर सन्निकट देखिएको छ।

खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।

सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्।

जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए। ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा. अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै गए व्यवस्थापन गर्न गाह्रो हुन्छ।’

एक संक्रमितले एक वा सोभन्दा बढीलाई सारे त्यसको लहर बढ्दै जाने विज्ञ बताउँछन्।

संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ। त्यसका लागि भरपर्दो विकल्प खोप लगाउने हो।

तर, खोप केन्द्र टाढा हुँदा कतिपय खोपबाट वञ्चित भएका छन्। कतिपय ठाउँमा खोप दुरुपयोग भई लक्षित समूहले लगाउन पाएका छैनन्। ‘सरकारले घर–घरमा गएर खोप लगाइदिने रणनीति तयार गरेको छैन।

कार्यविधि बनेको पनि छैन,’ सह–प्रवक्ता डा. अधिकारीले भने।

मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ। होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्। संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन्।

अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष (आईसीयू)मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button