दैलेखमा बिजुलीको करेन्ट लागेर एक जना मृत्यु, एक घाइते

सुर्खेत, ३१ भदौ । दैलेखको भैरवी गाउँपालिका–२ बडचिन्मायामा बिजुली पोल गाड्दा करेन्ट लागेर एक जनाको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् । बिजुलीको करेन्ट लागेर स्थानीय २४ वर्षीया पुष्कर थापाको मृत्यु भएको छ भने २६ वर्षीया भुपेन्द्र थापा गम्भीर घाइते भएको छन् ।
गाउँपालिकाको विद्युत लाइन विस्तार गर्ने क्रममा बुधबार दिउँसो नयाँ पोल ढल्दा करेन्ट लागेर थापाको भुपेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
विद्युतको नयाँ पोल हाल्ने क्रममा उक्त पोल ढली पुरानो विद्युत संचालित लाइनमा खस्दा करेन्ट लागि मृत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदलेजानकारी दिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button