दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको ३० मिनट नबित्दै राधी बिद्युत कम्पनी र र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

राधी बिद्युत कम्पनीको सेयर मूल्य ६० रुपैयाँले बढेर प्रतिकित्ता ६ सय ६० रुपैयाँ पुगेको छ। यस्तै, जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य २ सय २ रुपैयाँ ३० पैसाले बढेर प्रतिकित्ता २ हजार २२६ रुपैयाँ पुगेको छ।

यि दुईवटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री भन्दा खरिद माग अधिक रहेको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button