दिल्लीका सुरक्षाकर्मी ह्वारह्वार्ती किन काठमाडौंमा ?

काठमाडौ / एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै जना सरकारी कर्मचारी काठमाडौं उत्रेका छन् ।

त्यस क्रममा नयाँ दिल्लीस्थित आवासीय तर नेपालको निम्ति गैरआवासीय राजदूतहरु पनि आएका छन् ।

हिजो नेपालका लागि हंगेरीका गैरआवासीय राजदूत आन्द्रास लास्लो किरालीलगायत भारतीय कर्मचारी र तिनका परिवार आएका हुन् ।

भारतीय केन्द्रीय सरकारका कर्मचारी अमित सुधिर उपाध्याय, निखिल गजराज,दिपक पुरोहित र तरंकिता पाण्डे दिउँसो ३ बजे काठमाडौं उत्रिएका हुन् ।

हिजै आएका भारतीय कर्मचारीहरुमध्ये काठमाडौंस्थित राजदूतावासका प्रथम सचिव करुन वंशलको परिवारमा रविकुमार वंशलसहित चार जना छन् ।

केन्द्रीय सरकारका कर्मचारीहरुमध्ये अमित सुधिर उपाध्याय,निखल गजराज, दिपक पुरोहित र तारंकिता पाण्डे भने बौद्धस्थित होटल हायातमा बसेका छन् ।

हिजोको उक्त उडानबाट भारतीय दूतावासको सुरक्षामा तैनाथ सीआईएसएफ (केन्द्रीय औद्योगिक सुरक्षा बल) का प्रहरी इन्सपेक्टर एम दासको नेतृत्वमा १२ जनाको टोली पनि काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।-जनआस्था

विषालु च्याउको तरकारी खाँदा बाबु-छोराकै मृत्यु

इलामको फाकफोकथुम गाउँपालिकामा जंगली च्याउको तरकारी खाँदा बाबुछोराकै मृत्यु भएको छ।

फाकफोकथुम- १ लुम्सुङवाङका ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका १२ वर्षीय छोरा दिवस लिम्बुको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

एक साताअघि घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाँदा उनीहरु गम्भीर बिरामी परेका थिए। समयमै उपचार नहुँदा उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन्।

गम्भीर बिरामी पर्दा पनि उपचार नगरी झारफुककै भर पर्दा उनीहरुको मृत्यु भएको हो। सांकेतिक तस्बिर

त्यस्तै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द हुने बताउनुभएको हो ।

वक्तव्यमा भनिएको छ, “दिवङ्गत विष्णुमायाको सम्मानमा २०७८ साउन १० गते एक दिन गाउँपालिकाको कार्यालय (मातहतका स्वास्थ्य संस्थाबाहेकका कार्यालय), सङ्घसंस्था तथा गाउँपालिकाभित्रको सबै सार्वजनिक निकायमा शोक बिदा दिँदै नियमित सेवा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदछौँ ।”

मृतक विक वडाको विकास, वडावासीको समृद्धिका साथै समग्र गाउँपालिकाको वृहत्तर हितमा अहोरात्र क्रियाशील, सरल र सहयोगी व्यक्ति भएको भन्दै अध्यक्ष पाण्डेले विकासप्रेमी अभिभावकको निधनले सिङ्गो गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताउनुभयो ।

विकको निधनले आफूहरु निकै मर्माहत र स्तब्ध भएको पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button