दमकमा मोटरसाईकल दु र्घ टनामा परि विष्ट दम्पत्तीको घटना स्थ लमै मृ त्यु

दमकमा मोटरसाईकल दु र्घ टनामा परि झापा सुरुङ्गाका चर्तित हेवन होटलका संचालकद्धय विष्ट दम्पत्तीको घटना स्थ’लमै मृ त्यु भ ए को छ ।

गएराती मंगलवार साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ बर्षिय पुर्णबहादुर बिष्ट (राज ) र उनकी श्रीमती ३६ बर्षिय हिमा विष्टको घट ना स्थ लमै मृ त्यु भ ए को हो ।

उनीहरु सवार मोटरसाईकललाई ट्रकले ठ ‘क्क र दि ए को र उनीहरुको घा ईते अवस्थामा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृ त्यु भएको प्रहरीको भनाई छ । विष्ट दम्पत्ती लामो समय देखि सुरुङ्गामा होटल हेवन संचालन गर्दै आएका थिए ।

त्यस्तै झापा– दमक नगरपालिकाले जारी गरेको निषेधाज्ञाका कारण सोमबार बिहानैदेखि दमक बजार क्षेत्र सुनसान बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा खुकुलो पारिदै जाँदा संक्रमण उच्च भएपछि नगरपालिकाले कडाइका साथ लागू गर्ने भन्दै निषेधाज्ञा लागू गरेको हो ।

दमक नगरपालिकाले नगर क्षेत्र भित्र एकसाताका लागि निषेधाज्ञा लागू गरेको छ । नगरपालिका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीका अनुसार साउन ११ गते बिहान ४ देखि १७ गते मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा घोषणा गरिएको छ ।

सबै उद्योग, व्यापार, कार्यालयहरुसमेत बन्द गर्ने गरी निषेधाज्ञा घोषणा गरिएको छ ।

कोरोनाको संक्रमण दर पुनः बढ्न थाले पछि एकसाताका लागि निषेधाज्ञा लगाउनु परेको नगरपालिकाले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउँन बिहानैदेखि नगरप्रहरी तथा अन्य सुरक्षाकर्मीहरु समेत परिचालन भएका छन् ।

भित्री सडकहरुमा सवारी साधन चल्न दिईएको छैन भने अधिकांश बजार, पसल बन्द गरिएका छन् ।

यस अघि झापाका बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका तथा अर्जुनधारा नगरपालिकाकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिसकिएको छ ।

अस्पताल लैजाँदै गर्दा बेहोस भएका विजय शाहीको मृत्युको खबर कसरि भयो भाइरल ?

विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यु भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य प्रमाणित भएको छ ।

प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए ।

सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेकाे उनले जानकारी दिए । ‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ ।

उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृत्युको हल्ला झूटो रहेछ,’ डिएसपी शाहले भने ।

विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए ।

त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याए । तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शाही मंगलबार दिउँसो विरामी भएर बे’होस भएका थिए । उनको उपचारका लागि परिवारले अस्पताल लैजाँदै गर्दा बाटोमा होस खुलेको थियो । त्यसपछि परिवारका सदस्यले उनलाई बाटोबाटै घर फर्काएका थिए ।

अहिले उनी आफ्नो घरमा नै आराम गरिरहेका डिएसपी शाहीले बताएका छन् ।

पत्रकार न्यौपानेले पनि शाही जीवितै रहेकाले अफवाह नफैल्याउन आग्रह गरेका छन् ।

शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।

आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए ।

उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button