थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनामा गरिएको परीक्षणमा २ हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ८ सय ३५ जनाको पीसीआर विधि र ४०६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३ सय ३३ संक्रमित निको भएर फर्किएका छन् भने २८ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ भने निको हुनेहरुको संख्या ६ लाख १४ हजार ३२७ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३३ लाख ९१ हजार ३७९ जनाको परीक्षण गरिएको छ भने २ लाख १७ हजार ४२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button