त्रिशुलीमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित तिक्राङखानीबाट त्रिशुली नदीमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ।

रुपन्देहीबाट सिमेन्ट लोड गरी काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ७७६२ नम्बरको ट्रक गएराति करिव एक बजेतिर त्रिशुली नदीमा किनारमा खसेको थियो। दुर्घटना परी चालक र सवारी धनी समेत रहेका सहचालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा ट्रकका चालक काभ्रे बनेपा नगरपालिका नालाका विष्णु घिमिरे र सहचालक एवं गाडीधनी सुमन सञ्जेलको ट्रकको क्याबिनमा थिचिएर मृत्यु भएको हो। ट्रकको क्याविनमा थिचिएको अवस्थामा रहेको उनीहरुको शव निकाल्न शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयलाई ३ घण्टाभन्दा बढी समय लागेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए।

दुर्घटनामा परेको ट्रक पृथ्वीराजमार्गबाट ३० मिटर तल त्रिशुली नदीको किनारमा खसेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button