त्रिभुवन विमानस्थलबाट एक केजी सुन बरामद, यी रहेछन् दुबईबाट सुन पठाउने ब्यक्ति

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले करिब एक करोड रुपैयाँ पर्ने एक केजी भन्दा धेरै तौलको अवैध सुन बरामद गरेको छ।

उक्त सुन ल्याउन प्रयोग गरिएका यात्रुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी टोलीले १ हजार १ सय ६५ ग्राम सुनसहित गोरखा घर भएका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो। उनी हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौं आएका थिए।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार परियारले कफी मेकरको उपकरण बनाएर उक्त सुन ल्याएको भेटिएको छ।

शंका लागेर चेकजाँच गर्ने क्रममा सुन बरामद भएको बाँस्तोलाले बताए।

परियारले उक्त सुन दुबईमा बस्दै आएका राजु केसीले पठाएको बयान दिएको बाँस्तोलाले जानकारी दिए।

बाँस्तोलाले पठाउनेको पहिचान भइसकेको बताउँदै काठमाडौंमा जिम्मा लिनेको पनि खोजी भइरहेको बताएका छन्।

प्रहरीले सुनसहित कारबाहीका लागि परियारलाई विमानस्थल भन्सार कार्यालयमा पठाएको छ।

घरमा पालेको बिरालोका कारण यी महिला गर्भवती भएपछि…..

एजेन्सी । बिरालोको कारणले गर्भवती भएको भन्दा तपाईलाई पनि अचम्म लाग्यो होला ।

हामीलाई पनि यो कुरा एक ब्यक्तिले सामाजिक सञ्जालमा भनेको देख्दा अचम्म लाग्यो ।

घरमा पालेको बिरालोका कारण आफ्नो श्रीमती गर्भवती भएको भन्दै एक पुरुषले सामाजिक सञ्जालमा दिएको अभिब्यक्ति अहिले भाइरल भएको छ ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचार अनुसार उनको घरमा पालेको बिरालोले गरेको एक हर्कतका कारण श्रीमती गर्भवती भएकी हुन् ।

तर यसमा कुनै नकारात्मक कुरा भने नसोच्नुहोला । ति पुरुषका अनुसार बिरालोले कण्डममा प्वाल पारिदिएको कारणले उनीहरुको सन्तान नजन्माउने योजना विग्रिएको हो ।

प्वाल परेको कण्डम प्रयोग गर्दा श्रीमती गर्भवती बनेको ति व्यक्तिले बताएका छन् । उक्त व्यक्तिले आफू एक बच्चाको पिता भएको बताएका छन् ।

उनीहरुले लकडाउनमा बच्चा जन्माउने कुनै योजना बनाएका थिएनन् ।

तर बिरालोले क’ण्डममा प्वाल पारिदिएपछि श्रीमती गर्भवती भएको बताएका हुन् ।

बाथरुममा राखेको क’ण्डम प्वाल पारिदिएपछि गर्भ बसेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button