डाक्टरमाथि दुर्व्यवहार गर्ने बीपी प्रतिष्ठानका लेखा अधिकृत निलम्बित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा अधिकृत कमल रायमाझी निलम्बनमा परेका छन् ।

प्रतिष्ठानका डा. विप्लव कार्कीमाथि मादक पदार्थ सेवन गरी दुर्व्यहार गरेपछि उनी विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता भएपछि उनी निलम्बनमा परेका हुन् ।

आइतबार राति लेखा अधिकृत रायमाझिले मादक पदार्थ सेवन गरी डा. कार्कीको निवासमा गएर तत्काल रुम खाली गर्न धम्की दिँदै दुर्व्यवहार गरेका थिए ।

सोमबार कार्कीले इलाका प्रहरी कार्यालय धरानमा आफूमाथि अन्याय परेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा अभद्र व्यवहारमा जाहेरी दर्ता गराएपछि रायमाझिलाई निलम्बन गरिएको बीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा.चुडामणि पोखरेलले जानकारी दिएका छन् । 

रायमाझी प्रतिष्ठानको आर्थिक प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत थिए । डा.कार्कीलाई दुर्व्यहार गरेर फरार भएका उनलाई प्रहरीले पक्राउ नगरेको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका ३ सय ५० जना चिकित्सक मंगलबार पनि काममा फर्किएका छैनन् । 

आन्दोलनमा उत्रिएका जुनियर डाक्टरहरुले तत्काल रायमाझीलाई पक्राउ नगरेसम्म काममा नफर्किने प्रतिष्ठानको जुनियर रेसिडेण्ड वल्फेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले रायमाझीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए ।

अब दाङमै आँखाको क्यान्सरको उपचार

चार दशदेखि दाङसहित तीनवटा प्रदेश (लुम्बिनी, कर्णाली, सुदुरपश्चिम)मा आँखा उपचारको सेवा दिइरहेको राप्ती आँखा अस्पताल रक्षाचौरले आँखाको जटिलखालको उपचार गर्न थालेको छ । 

आँखाको क्यान्सर सहितको जटिल उपचार सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।

आँखा उपचारको लागि काठमाडौ  र बाहिरी देश जानु पर्ने समस्यालाई मध्ययनजर गरेर दाङमै सबै खालका जटिल रोगलाई निवारण गर्ने गरि अस्पतालको स्तर वृद्धि गरि सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।  

आधुनिक र विशेषज्ञसहितको सेवा सुरु गरेको अस्पतालले आँखाको क्यान्सर उपचारसहित हर्निया, अकोपलाष्टी, भिटो रेटिना, कर्णियाको जटिक उपचार र  सर्जरी, विषेशज्ञ सेवा थप गरेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शुभलक्ष्मी कटुवालले जानकारी दिइन् ।

विषेशज्ञ सेवा विस्तारसंगै आँखाको गम्भिर प्रकृतिको उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने भएको हो । अस्पतालले विषेशज्ञ सेवा विस्तार गर्न नसक्दा आँखाको गम्भिर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यताको रहि रहेको थियो ।

अव त्यो अन्त्य भएको नेपाल नेत्रज्योति संघका अध्यक्ष कृष्ण गिरिले बताए । 

‘विषेशज्ञ सेवा विस्तारका लागि आवश्यक जनशक्ति तयार बनाइसकेका छौँ, उनले भने, ‘मेसिन खरिदका लागि अब छिट्टै टेन्डर आब्हान गर्दैछौँ, मेसिन आइपुगेपछि आँखाको क्यान्सर उपचार पनि सम्भव हुने छ ।’ 

लुम्बिनी प्रदेशसहित कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई आखाँको उपचार सेवा प्रदान गरिरहेको अस्पताललाई थप स्तरोन्नति गरेर बिरामी रेफर गर्नुपर्ने बाध्यताको अन्त्य गरिने छ ।

अहिले जटिल प्रकृतिका उपचार सेवाका लागि बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता छ, यसका लागि अस्पतालले सेवालाई थप विशिष्ठकृत बनाउन लागेको हो।

आँखा अस्पतालले आँखाको क्यान्सर जटिल प्रकारको उपचारका लागि तीनजना जनशक्ति तयारी अवस्थामा राखेको अस्पतालका मेसु डा. कटुवालले बताइन् ।

‘डा.सुरेश रसाइली, डाज्योति सापकोटा र डा सन्तोष सुवेदीले विषेशज्ञता हाँसिल गरिसक्नुभएको छ, उहाँहरुले सेवा प्रदान गर्नका लागि आवश्यक प्रविधि (मेशिन) खरिद गर्न बाँकी रहेको छ ।’ 

उनले भनिन्, ‘जनशक्ति तयारी अवस्थामा भएकाले मेसिन खरिद हुने बित्तिकै सेवालाई विस्तार गछौँ, त्यसपछि क्यान्सर उपचारसहित सबै प्रकारका विषेशज्ञ सेवाका लागि बाहिर जानुपर्ने छैन् ।’

आँखा वरपर हुने क्यान्सर, आँखामा फुलो परेको,  मासु पलाएको, जनैखटिराजस्ता जटिल प्रकृतिका उपचार लागि अस्पताल स्तरोन्नती हुन लागेको उनले बताइन् । वि.स. २०४३ सालमा स्थापना भएको अस्पतालले सेवालाई फराकिलो बनाउन लागेको हो ।

अस्पतालमा बर्सेनि २० देखि २२ लाख नागरिकले उपचार सेवा पाइरहेका छन् । 

तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरमा रहेको अस्पतालले अबदेखि तुलसीपुर बजारमै सिटी क्लिनिकमार्फत सेवा विस्तार गरेको छ ।

सेवा छिटो लिन चाहनेहरुका लागि तुलसीपुर बजारबाटै आँखा उपचारसम्बन्धी सम्पूर्ण प्रकारका सेवाहरु दिन थालेको अस्पतालका प्रशासक किरण पौडेलले बताए । 

‘चालुवर्षदेखि अस्पतालको सेवाको दायरा बढेको छ, केही छिटै विस्तार गर्ने योजना बनाएका छौँ, केही योजना लागू भइसकेको छ, ‘उनले भने, ‘छिटै सिटी क्लिनिक संचालन गरी सेवा बजारबाटै दिन थालेका छौँ, सशुल्क सेवा भएपनि यसले कामको व्यस्तता भएका नागरिकका लागि राहत प्रदान गर्ने भएको छ, यतिमात्र नभइ शनिबार पनि सेवा प्रदान गर्ने छौँ ।’ 

क्लिनिकमार्फत ओपिडि, माइनर, चश्मा प्रेशबायोपिया, औषधि उपचारलगायतका सेवा दिने उनले बताए ।

‘बिहान ९ बजदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने भएका छौँ, ‘उनले भने, ‘अस्पताल बजारदेखि टाढा हुँदा समय व्यवस्थापन गर्न असहज हुने नागरिकका लागि बजारमै सिटी क्लिनिक संचालन गर्न थालेका हौँ ।’

अस्पतालले शनिबार पनि आँखा उपचार सेवा प्रदान गर्ने भएको छ । अस्पतालले यसअघि पनि शनिबार सेवा प्रदान गरेपनि विशिष्ठकृत सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा अबदेखि शनिबार पनि अरु बारजस्तै सेवा प्रदान गर्ने भएको हो । 

फेको प्रविधिको उद्घाटन

अस्पतालले सेवालाई थप प्रभावकारी बनाउनका फेको प्रविधि संचालनमा ल्याएको छ । शल्यक्रिया सेवालाई थप प्रभावकारी बनाउनका लागि अस्पतालमा आइतबारबाट फेको प्रविधि संचालनमा आएको हो । 

संविधान सभा सदस्य बुद्धिराम भण्डारीले फेको प्रविधिको उद्घाटन गर्दै बिरामीलाई थप सहजता दिनका लागि अस्पतालले फेको प्रविधिको विस्तार गरेको बताए । 

‘समयको मागअनुसार सबैले थप पस्किृत बनाउँदै लैजानुपर्छ,’ उनले भने, ‘राप्ती आँखा अस्पातालले पनि शल्यक्रिया सेवालाई थप स्तरोन्नती गरेको हो ।’ अस्पतालले लक्षित संख्याको करिब ७० प्रतिशतलाई फेको प्रविधिमार्फत शल्यक्रिया सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button