टोखामा चरिबाघको छाला सहित एकजना पक्राउ

२० पुस, काठमाडौं। काठमाडौंको टोखाबाट चरिबाघको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजङ फुङलिङ बस्ने ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन् ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले टोखा नगरपालिका –७ धापासीबाट सँरक्षित बन्यजन्तु चरिबाघको छाला सहित पक्राउ गरेको हो । सुनुवारलाई प्रहरीले आईतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


ब्यूरोका प्रबक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार चरिबाघको छाला बिक्रि वितरणका लागि झोलामा बोकेर हिँडिरहेको अवस्थामा सुनुवारलाई पक्राउ गरिएको हो ।

ति व्यक्ति मार्फत प्रहरीले दुुई थान छालासमेत बरामद गरेको छ । ब्यूरोका अनुसार पक्राउ परेका सुनुवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कायालर्य काठमाडौँ पठाइएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button