टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाएको आरोपमा एक पक्राउ

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।

सम्माननीयज्यूको आपत्तिजनक भिडियो बनाउनेको खोजी गरिरहेका थियौं, झापामा लोकेशन देखिएपछि पक्राउ गरेर पठाउन भनेका थियौं’ उनले भने, ‘त्यही आधारमा काठमाडौं ल्याएर अनुसन्धानका लागि ७ दिन म्याद थप गरेका छौं ।’

घिमिरेविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसूरमा छानविन हुने प्रहरीको भनाइ छ ।

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ लिनेछन् ।

देशको धेरै जनसंख्या मेरो साथमा छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् ।

आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे ।

यस्ता वाहियात कुरा नगरे पनि हुन्छ ।

केपी ओलीको साथमा रहेको कुनै २/४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’

उनले अघि भने, ‘नेकपा कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ ।’

एमाले वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए ।

नेता नेपालतर्फ संकेत गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाए ।

अपराध कर्मको नेतृत्व गरिरहेकाहरुको सन्दर्भमा आफूले धेरै भनिरहेको भन्दै ओलीले थप केही नभन्ने बताए ।

अरुको हकमा पार्टी एकतामा आउन आग्रह गर्दै उनले भने, ‘अब म आशा गरिरहेको छैन ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button