जङ्गलको आगो निभाउन जाँदा भिरबाट लडेर मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनका अनुसार प्रजाको गए राति जङ्गलको आगो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भिरबाट लडेर मृत्यु भएको हो। 

मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु रहेको बुझिएको छ। 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button