![](/wp-content/uploads/2021/01/is-4-780x470.jpg)
छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ
सुनसरी इटहरी उपमहानगरपालिका-२ मा सोमबार एकजनाको हत्या भएको छ ।
![](/wp-content/uploads/2022/08/skm_97x90.jpg)
स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
![](/wp-content/uploads/2022/08/tobacco-online-add.gif)
हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1