चिनियाँ राष्ट्रपति सी को चेतावनी : हामीलाई गलत नजरले हेर्नेले ठुलो नोक्सानी व्यहोर्नु पर्नेछ

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेका छन् कि चिनियाँ जनताले “नयाँ संसार” बनाएछन्  र अब चीन कसैको वशमा पर्ने छैन वा ढोग्नेछैन। उनले विदेशी शक्तिहरूलाई चेतावनी दिए कि यदि उनीहरूले चीनलाई गलत नजरले हेर्ने चेष्टा गरे भने उनीहरूलाई ठुलो नोक्सानी हुनेछ।

सी जिनपिङले यो चेतावनी चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्षको अवसरमा आयोजना गरिएको विशेष समारोहमा व्यक्त गरेका हुन् । यस अवसरमा उनले चीनको प्रसिद्ध टियानानमेन स्क्वायरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै विदेशी शक्तिहरूलाई यस्तो चेतावनी दिए कि “चीनलाई डराउने हिम्मत गर्नेहरूले १.४ अर्व चिनियाँ जनताको स्टिलको महान् पर्खाल सामना गर्नुपर्नेछ।”

“चीन अब कसैलाई दमन गर्ने छैन। चीनलाई कुनै विदेशी शक्तिले हेर्ने छैन, हामीलाई दबाब दिने वा हामीलाई वशमा पार्ने छैन।” उनले भने, “चिनियाँ जनता न्यायसंगत छन् र उनीहरूलाई हिंसाको डर छैन। चीन त्यस्तो देश हो जुन आफ्नो सार्वभौमिकतामा गर्व गर्दछ र आफैमा विश्वास छ। कसैले पनि चिनियाँ जनतालाई डराउन सकेको छैन, न कोही कसैले केही गर्न सकेको छ।” 

चीनको कम्युनिस्ट पार्टी स्थापना भएको १०० वर्षको अवधिमा चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्रको रूपमा देखा परेको छ। १०० भन्दा कम व्यक्तिको सदस्यताबाट सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीका आज ९.२ करोड सदस्यहरू छन्। प्रारम्भिक चरणमा कम्युनिस्ट पार्टीले छिमेकी रूसबाट आर्थिक र अन्य सहयोग प्राप्त गर्‍यो।

पार्टीको कमाण्ड राष्ट्रपति सी जिनपिङको हातमा आएपछि पार्टीले समाजमा आफ्नो नियन्त्रणलाई तीव्र बनाएको छ। व्यक्तिहरूलाई ठुलो मात्रामा अनुगमन गरिँदै छ र जानकारीको प्रवाह पनि अवरुद्ध छ। तर अब पार्टीले बाहिरका शक्तिहरूको चुनौती सामना गरिरहेको छ।

अमेरिकी राष्ट्रपति जो वाईडेनले भनेका छन्, “अमेरिकी नेतृत्वले यस फैलिएको निरंकुशताको सामना गर्नुपर्नेछ, जसरी चीनले अमेरिकाको प्रतिद्वन्द्वीको रूपमा उदाउन खोजिरहेको छ, उसले पनि यसको सामना गर्नुपर्नेछ।” (बीबीसीबाट)

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button