चिनको ‘हस्तक्षेप’ बढेको भन्दै दुतावास अगाडी विरोध प्रदर्शन ।

काठमाडाँै । चिनियाँ हस्तक्षेप बढेको भन्दै स्वतन्त्र युवा नामक सँगठनले विरोध गरेका छन् । “विदेशी हस्तक्षेप बन्द गर’, ‘ब्याक अफ चाइना’, ‘सगरमाथामाथि गिद्धे नजर नलगाउ’ भन्दै उनीहरुले चिन विरुद्ध नाराबाजी गरेका छन् ।

चिनियाँ उपमन्त्री गोउ यचौं सहितको टोली नेपाल भ्रमणमा आएको थियो । सो टोलीले आफूखुशी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेको भन्दै स्वतन्त्र युवा नामक सँगठनले विरोध गरेको जनाएको छ ।

चिनीयाँ टोलीले नेपालका राष्ट्रपति विधादेवी भण्डारी, प्रधानमन्त्री के.पी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा, ज.स.पा.का अध्यक्ष बाबुराम भट्टराई लगाएतसँग भेटवार्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button