चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ‘हराएँ’ गीत सार्वजनिक

काठमाडौं। आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा समाबेश गरिएको ‘हराएँ’ बोलको गीत सार्वजनिक भएको छ । यसअघि चलचित्रको ट्रेलर र ‘जरुरी कुरा छ’ बोलको गीत सार्वजनिक भैसकेको छ भने ‘जरुरी कुरा छ’ बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् ।

आज सार्वजनिक गरिएको ‘हराएँ’ बोलको गीतमा तारा प्रकाश लिम्बु र अनु चौधरीको सुमधुर आवाज समेटिको छ भने अत्यन्तै मनमोहक दृश्यलाई कैद गर्दै पुजा शर्मा र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा पुजा शर्मा, आकाश श्रेष्ठ, सोनाम तोप्देनको मुख्य भूमिका रहेको छ साथै गौरी मल्ल, धिरेन शाक्य, सरोज खनाल लगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।

एवि इन्टरनेशलको ब्यानरद्वारा निर्माण भएको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन भने चलचित्रको निर्मातामा अमित बस्नेत, सह- निर्मातामा परी राना र अजित कुमार थापा साथै कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम हुन् । त्यस्तै निर्माण नियन्त्रक बिक्रम प्रसाद पण्डित हुन् । चलचित्रमा अर्जुन पोखरेल र तारा प्रकाश लिम्बुको शव्द/ संगीत रहेको छ । साथै सौरभ लामाको छायांकन र कविराज गहतराजको कोरियोग्राफी समेत देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button