घरको पाँचौं तलाबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु :

२७ पुष, काठमाडौं। ईंट्टाको गाह्रो लगाउने क्रममा घरको पाँचौं तलाबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ३५ वर्षीय डम्बर मगर रहेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका-२ कालोपाटीमा सुनिल थिमीको घरको पाँचौं तलामा ईंट्टाको गाह्रो लगाउने क्रममा आइतबार दिउँसो उनी अचानक खसेका थिए । पाँचौं तलाबाट खसेर गम्भीर घाइते भएका उनको डा. इवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button