गैंडाको खागसहित एकजना पक्राउ

२० पुस काठमाडौं । कैलालीमा गैँडाको खाग सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्गगोरीया गाउँपालिका–४ बस्ने ५८ वर्षीय नैनबहादुर कठरिया रहेका छन् ।

सँघिय प्रहरी कार्यालय धनगढिका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायको जानकारी अनुसार स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा खाग फेला परेको थियो ।

प्रहरी कार्यालय धनगढीको टोलीले कठरियालाई सोमबार बिहान पक्राउ गरेको थियो । एसएसपी उपाध्यायले दिएको जानकारी अनुसार, उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा छानबिन भईरहेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button