कोटेश्वरमा कार दुर्घटना, कारमा सवार २१ वर्षे जितम गुभाजुको घटनास्थल मै निधन

कोटेश्वर नजिकैको जडिबुटीमा आज बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।

बिहान सवा सात बजेतिर भएको दुर्घटनामा कार चालक सामान्य घा इते भएका छन् । प्रहरीका अनुसार अनियन्त्रित गतिमा पेप्सीकोलाबाट जडिबुटी चोकतिर आएको बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठो क्किँ दा कारमा सवार २१ वर्षे जितम गुभाजुको घटनास्थलमा निधन भएको हो ।

सामान्य घा इते भएका कार चालक वर्ष २१ का वीरेन्द्र श्रेष्ठ र क्षतिग्रस्त कार महानगरीय प्रहरी प्रभाग काँडाघारीको नियन्त्रणमा रहेको बताइएको छ । प्रहरीका अनुसार शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

यो पनि, सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था
पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय तहमा रहेका ६१ वडाका २८८ सामुदायिक विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम शुरु भएको छ ।

बालबालिकाले दिउँसोको समयमा विद्यालयमै दिवा खाजा खान पाएपछि उनीहरुको विद्यालयप्रति आकर्षण बढ्नुका साथै र पढाइमा समेत उल्लेख्य सुधार आएको दाबी गरिएको छ ।

जिल्लाको महाशिला गाउँपालिका–५ लुङखुमा रहेको महेन्द्र ज्योति माविको कक्षा ५ मा अध्ययनरत छात्रा निशा अधिकारीले भन्नुभयो, “बिहान हतारहतार गरेर विद्यालय आउनुपर्छ अनि मध्याह्नको खाजा खाने समयमा भोक लाग्न शुरु हुन्छ, भोक लागेपछि पढाइ छाडी घर जान मन लाग्थ्यो, अहिले त्यो भोक लाग्ने समय विद्यालयमै खाजा खान पाउँदा सजिलो भएको छ ।”

दिउँसो भोक लागेपछि पढाइ छाडेर खाजा खानकै लागि घर जाने अधिकांश विद्यार्थीले अहिले विद्यालयमै खाजा खान पाउने आशाले पूरा विषय पढ्न थालेपछि पढाइमा पनि निकै सुधार आएको विद्यालका प्रध्यानाध्यापक गोपालप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार पालिकाबाट प्रतिविद्यार्थी रु १५ का दरले रकम आउने गरेको छ ।

सो रकमबाट विद्यार्थीले हरेक दिन विभिन्न परिकारका खाजा खाने गरेको उहाँले बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा पठाउने र पालिकाले रकम सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम शुरु भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले बताउनुभयो ।

जिल्लाका सात पालिकाका झण्डै २८८ विद्यालयमा दिवा खाजा शुरु भएको शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले जनाएको छ ।

समन्वय एकाइ प्रमुख उद्दिमराज पौडेलका अनुसार यो कार्यक्रम लागू भएपछि पहिला विद्यालय छाडेका विद्यार्थी पनि विद्यालय भर्ना भएका छन् भने विद्यालय छाड्नेको सङ्ख्या निकै घटेको छ ।

जिल्लाका सबैजसो सामुदायिक विद्यालयमा यो अभियान थालिए पनि गुणस्तरीय खाजा खुवाएका छन् या छैनन् भन्नेबारेमा भने चुनौती छ । स्थानीय तह र जनप्रतिनिधिले नियमितरूपमा विद्यालयमा अनुगमन गर्नुपर्ने पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button