के थोरै विद्यार्थी भएका विद्यालय खुल्ला होला ? यस्तो भयो सीसीएमसीमा छलफल

काठमाडौँ– कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबार भएको बैठकमा विद्यार्थी संख्या थोरै भएका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।

यस्ता विद्यालय खोल्न छलफल भए पनि त्यसको आधिकारिक निर्णय नभएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए ।

उनका अनुसार बैठकमा अधिकांश विद्यालयहरूमा एक सय जनाभन्दा कम विद्यार्थी रहेकाले ठाउँ विषेशका आधारमा विद्यालय खोल्ने कि भन्ने विषयमा छलफल चलेको थियो ।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले आफूले बैठकमा १२ वर्ष उमेरभन्दा माथिका सबै विद्यार्थी र शिक्षक कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने सुझाब दिएको बताए ।

कोरोना जोखिमको अवस्था हेरेर ठाउँ विषेशका आधारमा कम विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

सरकारले जारी गरेको वैकल्पिक माध्यमबाट नसमेटिएका विद्यार्थीलाई पढाइबाट बञ्चित गर्न नहुने उनको भनाइ छ ।

एक पक्षले परीक्षा सञ्चालन गर्नुपर्छ भन्दै दबाब दिने र अर्काे पक्षले परीक्षा सञ्चालन गर्दा कोरोना संक्रमण बढ्ने भएकाले गर्नु हुँदैन भनेकाले यसलाई सही निकास दिन जरुरी रहेको सीसीएमसीका संयोजक बालानन्द शर्माको भनाइ थियो ।

खबरहबसँग कुरा गर्दै भण्डरीले विद्यार्थीको संख्या कम भएका विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने कुरामा सबै सहमत रहेको बताए ।

विद्यार्थी संख्या कम भएका विद्यालय सञ्चालन गर्ने हकमा सोच्न सकिने बैठकमा सहभागी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गाना लगायत शैक्षिक सरोकारवाला व्यक्तिहरूको सहभागिता थियो ।

१९ हजार विद्यालयमा सय जनाभन्दा थोरै विद्यार्थी देशभर रहेका २७ हजार ८१३ सामुदायिक विद्यालयमध्ये १९ हजार भन्दा बढीमा विद्यालयमा एक सय जना भन्दा कम विद्यार्थीहरू रहेका छन् ।

शिक्षा मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एक सयभन्दा कम विद्यार्थी रहेका विद्यालयको संख्या १९ हजार ३१ रहेको छ ।

काठमाडौँ जिल्लामा मात्रै संख्या १६८ वटा विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी छन् । काठमाडौँमा २५ जनासम्म विद्यार्थी भएका विद्यालय ३६ वटा, ५० जनासम्म विद्यार्थी भएको विद्यालय ४७ वटा र १०० जना विद्यार्थी भएका विद्यालय ८५ वटा छ ।

सभामुख सापकोटा र गृह मन्त्री खाणबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र गृह मन्त्री बालकृष्ण खाणबीच आज छलफल भएको छ।

सिंहदरबास्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने लगायतका विषयमा छलफल भएको हो।

सभामुख सापकोटा र मन्त्री खाणबीच  बाढी पहिरोका कारण उत्पन्न विपत्ति र व्यवस्थापका सन्र्दभमा सरकारी तयारीबारेसमेत  छलफल भएको छ।

सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी  दिए।  

उनले  सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्बसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने  बताए।

यसबर्ष मनसुनको सुरुआतसँगै मनाङ् र सिन्धुपाल्चोकमा बाढी पहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button